गृहपृष्ठ ∕ जनस्वास्थ्य ∕ डा. विनोद शेरचनको सल्लाहः कसरी जोगिने जाडोमा हाड जोर्नीको दुखाइबाट ? डा. विनोद शेरचनको सल्लाहः कसरी जोगिने जाडोमा हाड जोर्नीको दुखाइबाट ? डा. विनोद शेरचन बरिष्ठ हाडजोर्नी विशेषज्ञ | राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौं बिहीबार, २०७६ पुस २४ गते, १०:१६ मा प्रकाशित अन्य समयको तुलनामा विशेष गरी जाडो याममा आर्थर्राइटिस—हाड जोर्नीको समस्या बढी मात्रामा देखा पर्दछ । यो समस्या विशेष गरी वृद्ध अवस्था, चोट—पटक, वाथ रोग तथा अन्य रोगको कारणले जोर्नी खिइन गै देखा पर्ने गर्दछ । यस्ता रोगहरूबाट पहिले नै ग्रसित भएका व्यक्तिहरूमा जाडोयाम तथा चिसोको समयमा अन्य समयको तुलनामा बढी नै दुखाइ हुने गर्दछ । जाडोयाममा दुखाइको कारणले अस्पताल आउने वृद्ध बिरामीको संख्या ५० प्रतिशतले बढ्ने गरेको देखिन्छ । यस अर्थमा भन्नु पर्दा यस्ता समस्या व्यक्तिमा चिसोको कारणले नलाग्ने भएतापनि चिसोकै कारणले दुखाइ बढ्ने देखिन्छ । कारण गर्मी याममा पनि व्यक्तिमा दुखाइ हुन्छ । तर, जाडोमा किन बढी दुखाइ हुन्छ त? यो सबैको जिज्ञासाको विषय पनि हुन सक्दछ । गर्मी यामको तुलनामा जाडो याममा चिसोको कारण हाम्रो दुखाइ महसुस गर्ने स्नायुहरू बढी सक्रिय तथा संवेदनशील हुने गर्दछ । जाडो याममा वायुमण्डलीय दबाव कम हुनुको कारणले जोर्नी तथा मांसपेशीमा सहजै सुजन हुने गर्दछ । जसले गर्दा दुखाइ पनि सहजै हुन जान्छ । जाडो याममा मांसपेशी तथा जोर्नीहरूमा ऐठन बढी मात्रामा हुने हुनाले पनि दुखाइमा वृद्धि हुन्छ । चिसोको कारणले हातगोडाहरूमा तुलनात्मक रूपमा रक्त सञ्चारमा कमी हुनाले समेत दुखाइ बढ्ने गर्दछ । जाडो याममा दिन छोटो र रात लामो भई सुर्यको किरण पर्ने समय नै छोटिदा शरीरमा भिटामिन—डी को कमी हुँदा पनि हाड जोर्नीको दुखाइ बढ्ने गर्छ । रोकथाम तथा बच्ने उपाय यस्ता समस्याहरू देखा नपरोस भन्नका लागि निम्न उपायहरू अपनाउन सकिन्छ : शरीर न्यानो हुने कपडा लगाउने । विशेष गरी हातखुट्टा छोप्ने लुगा लगाउने । तातो तथा झोलिलो खाना प्रशस्त मात्रामा खाने । शारीरिक रूपमा सक्रिय रहने । शारीरिक व्यायामलाई प्राथमिकता दिने । विशेषगरी घर भित्रै गर्न सकिने व्यायाम गर्ने । विद्युतीय हिटर, तातो पानी आदिले सावधानीपूर्वक दुखाइको भाग सेक्ने । पारिलो घाममा बस्ने । भिटामिन—डी तथा ओमेगा—३ भएका पोषिलो खाने कुरा उचित मात्रामा खाने । माथिल्लो उपायहरूले पनि दुखाइ कम नभएमा चिकित्सकको सल्लाह बमोजिम औषधीको सेवन गर्ने । प्रस्तुतीः सृजना मगर क्याटेगोरी : जनस्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. श्रद्धा श्रेष्ठको सल्लाहः शिशुमा देखिने जण्डिस सामान्य तर बेवास्ता… नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के… डा. सन्तोष पोखरेलको सल्लाहः किन हुन्छ निमोनिया, कसरी बच्न सकिन्छ… डा. आशिका साहको सल्लाह : किन फरफराउँछन् शरीरका अंगहरु ? वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमका गर्भवती महिलालाई २२ सुझाव जाडो याममा यसरी जोगाऔं बालबालिका धेरै पढिएका १ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय २ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन ३ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ४ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ५ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ६ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक