२०८१ वैशाख २४, सोमबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यडा. सुनिलराम कोइरालाको सल्लाह : किन काँप्छ शरीर, कसरी गर्ने उपचार ?

डा. सुनिलराम कोइरालाको सल्लाह : किन काँप्छ शरीर, कसरी गर्ने उपचार ?


शरीर काँप्ने आफ्नै भिन्न–भिन्न कारणहरु रहेका छन् । शरीरको अवस्थाअनुसार फरक–फरक कारणले शरीर काँप्ने भएकोले हामीले यसै ठोस कारणले गर्दा नै शरीर काँप्छ भन्न सकिदैन । सामान्यतयाः शरीर काँप्ने समस्या नशासँग सम्बन्धित भएतापनि यो कुनै–कुनै समयमा व्यक्तिमा विभिन्न कारणवस देखा पर्छ । त्यसैले व्यक्तिमा शरीर काँप्ने समस्या के कारण देखा प¥यो भन्ने तथ्य भने बिरामीको आवश्यक चेक जाँच नगरी यसै भन्न सकिदैन ।

शरीर काँप्ने समस्या भएका कुनै पनि व्यक्तिमा सर्वप्रथम हामीले के कारण व्यक्तिमा यस्तो समस्या देखा प¥यो भन्ने विषयको परीक्षण गरेर मात्रै यस कारण सो व्यक्तिमा शरीर काँप्ने समस्या देखा परेको हो भन्ने विषयको निक्र्यौल गर्न सकिन्छ । शरीर काँप्नुका विभिन्न कारण हुन्छन् । त्यसमध्ये केही विशेष कारणहरु भने यसप्रकार रहेको छ ः

  •  रगतको कमी, गडबडी वा खराबी
  • विभिन्न औषधीको प्रयोग
  • कमजोरी
  • बुढ्यौली उमेर
  • छारे रोग
  • क्याफिनका कारण
  • हार्माेनको कारण
  • पार्किन्सन्स
  • थाइराइड
  • र, विभिन्न रोगहरुको संक्रमण ।

यसबाहेक शरीर काँप्नु पछाडि शारीरिक पक्षको मात्र नभै मानसिक पक्षको पनि सम्बन्ध उत्तिकै रहन्छ । कहिलेकाहीं व्यक्ति रिसाउँदा, आत्तिदा तथा नर्भस भएको समयमा पनि शरीर काँप्ने हुन्छ । व्यक्तिको भावनात्मक पक्षसँग जोडिएको यी विषय मानसिक पक्षसँग सम्बन्धित हुने भएकोले यस्ता अवस्थामा शरीरमा एक किसिमको हार्माेन पैदा हुन्छ ।

जसले मुटुको गतिलार्ई तीव्र बनाउँछ । र, शरीर काँप्ने तथा पसिना आउन थाल्छ । प्रायजसोः यस्तो अवस्था व्यक्तिमा क्षणिक रुपमा देखा पर्छ । तर, अत्याधिक एन्जाइटी तथा डिप्रेसनको कारण व्यक्तिमा निरन्तर रुपमा यस्तो अवस्था देखा परेमा भने आवश्यक उपचार नै गर्नुपर्ने हुन्छ ।

व्यक्तिमा देखा परेको शरीर काँप्ने समस्यालाई भने रोग भनिदैन । माथि उल्लेख गरेजस्तै यो कुनै पनि शारीरिक तथा मानसिक समस्या वा अवस्थाको प्रतिफल भएकोले यो व्यक्तिमा विभिन्न रोग वा समस्याको लक्षणको रुपमा मात्रै देखा पर्छ ।

रोकथाम तथा उपचार

व्यक्तिमा देखा पर्ने यस्ता समस्या रोग नभै कुनै रोग विशेष वा शारीरिक तथा मानसिक अवस्थाको लक्षण रहेको हुँदा सर्वप्रथम हामीले यो समस्या के कारण देखा प¥यो भन्ने विषयको आवश्यक परीक्षण तथा चेक जाँच गराउनु पर्छ ।

यसरी व्यक्तिमा यस्ता समस्या देखा पर्नु पछाडिको कारणलाई हामीले उपचार गरेको खण्डमा भने व्यक्तिको यस समस्या स्वतः रुपमा नियन्त्रण हुन पुग्छ ।

प्रस्तुतीः सृजना मगर


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ