२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहामारीसमयभन्दा अगाडि नै देखिन थाल्यो हैजा

समयभन्दा अगाडि नै देखिन थाल्यो हैजा


काठमाडौं– गत १७ बैशाखमा काठमाडौं, १३ निवासी ४५ वर्षका एक युवक  झाडापखाला भएर शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना भए । चिकित्सकले बिरामीको दिसाको नमुना संकलन गरी  शुक्रराज ट्रपिकल तथा सरुवा रोग आस्पताल, टेकुको आफ्नै प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरे । परिक्षण गर्दा उनमा हैजाको जिवाणु भएको प्रमाणित भयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुबाट सो बिरामीको घर पुगेर स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा परिवारका अन्य सदस्यमा झाडापखाला देखिएको थिएन । चिकित्सकका अनुसार सामान्यतया हैजा साउन महिनापछि देखिन्छ ।

समयभन्दा ४ महिनाअगाडि देखियो हैजा
पछिल्लो दश वर्ष यता हैजाले आफ्नो समय परिवर्तन गरेको विभिन्न तथ्याङ्कले देखाएका छन् । विगत वर्षको तुलनामा यस वर्ष मात्रै चार महिनाअगाडि हैजा देखा परेको छ । शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार विगत दश वर्षको तथ्याङ्कलाई आधार मान्दा क्रमशः हैजा देखा पर्ने समय अगाडि सर्दै आएको छ । सरुवारोग विशेषज्ञका अनुसार समय अगावै रोग देखा पर्दै जानु राम्रो लक्षण हैन । विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तनको असर नेपालमा पनि परेको हुन सक्ने डा. पुन बताउछन् । ठिक दश वर्ष अगाडि भदौमा देखिएको हैजा यस वर्ष वैशाखमा देखा परेको छ ।

विरामीको संख्या एकिन छैन
केन्द्रीय अस्पतालमा उपलब्ध तथ्यांकलाई आधार मान्दा दश वर्षमा हैजाका बिरामी पहिला देखा परेको समयभन्दा धेरै अगाडी भेटिएको पाइन्छ । वर्षातको समयमा फोहोर बढी हुँदा बिरामीमा पनि हैजा देखिन्छ भन्ने धारण परिवर्तन भएको चिकित्सकहरु बताउछन् । ‘ ‘समयमा हैजाको पहिचान र निदान नभएका कारण नियमित समयभन्दा धेरै अगाडि नै हैजा देखिएको हुन सक्छ,’ डा. पुन भन्छन ।

अस्पतालले हैजाका बिरामीको एकिन तथ्यांक उपलब्ध गरेको छैन । महाशाखाका अनुसार हैजाका बिरामी कुनै वर्ष एक सय ३० जना सम्म पुगेका छन भने कुनै वर्ष २० देखि ५० जना सम्म हुने गरेका छन् । हैजाले आफ्नो समय परिवर्तन गर्दै आएकाले त्यसबारे सेचतना अप्नाउन चिकित्सकहरुले सरकारलाई आग्रह गरेका छन् । उनीहरुले असार साउनमा गर्ने उपचारको तयारी अगाडी सार्न सुझाब समेत दिएका छन् ।

दश वर्षको तथ्यांकमा हैजा यस्तो छ
२०६७ भदौं ५ गते शनिवार पहिलो केस भेटिएको थियो
२०६८ भर्ना भएको पहिलो बिरामीको रेकड नभेटिएको
२०६९ आषाढ २३ गते शनिवार
२०७० भर्ना भएको पहिलो बिरामीको रेकड नभेटिएको
२०७१ आषाढ २३ गते सोमबार पहिलो केस
२०७२ श्रावण २२ गते शुक्रबार पहिलो केस
२०७३ आषाढ १४ गते मंगलबार पहिलो केस
२०७४ जेष्ठ १३ गते शनिवार पहिलो केस
२०७५ जेष्ठ २४ गते बिहीवार पहिलो केस
२०७६ वैशाख २२ आइतबार पहिलो केस


क्याटेगोरी : महामारी



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ