२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २महोत्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु

महोत्तरीका कोरोना संक्रमितको धरानमा मृत्यु


जनकपुर– विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत महोत्तरीका एकजना कोरोना संक्रमितकोे मृत्यु भएको छ ।

चार दिनअघि उच्च ज्वरो र खोकी लागेपछि इमरजेन्सीमा भर्ना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्ता डा. निदेश सापकोटाले बताए ।

गम्भीर अवस्थामा अस्पताल आएकाले उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो । उनको पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएपछि प्रतिष्ठानको कोरोना आइसोलेसन कक्षको आइसियुमा भर्ना गरिएको थियो ।

आइसोलेसनको आइसियु कक्षमा उपचार गर्दा गर्दै गए राती उनको मृत्यु भएको प्रवक्ता सापकोटाले बताए । मृतक प्रदेश २ का भएकाले उनलाई प्रदेश २ मै पठाउने बारेमा प्रदेश सरकारसँग समन्वय भैरहेको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ