२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २प्रदेश २ मा कोरोना पुष्टि भएका २ सयजना सम्पर्कबिहिन

प्रदेश २ मा कोरोना पुष्टि भएका २ सयजना सम्पर्कबिहिन


जनकपुर– प्रदेश २ का करिव २ सय जना कोरोना संक्रमित सम्पर्कबिहिन भएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पिसीआर परीक्षण गराएका मध्ये २ सय जना संक्रमित स्थानीय प्रशासनको सम्पर्कमै नरहेको खुलासा भएको छ । पिसीआर परीक्षणका बेला लेखाएको ठेगाना र सम्पर्क नम्बरमा उनीहरू फेला नपरेको स्थानीय प्रशासनले जनाएको छ ।

संक्रमितहरू लुकिछिपी बस्ने प्रवृत्ति देखिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए । ‘स्वाब संकलन गर्दा कसैले गलत नम्बर दिएका हुन्छन् भने कसैले ठेगानै उल्लेख गर्दैनन् ।

यस्तो प्रवृत्तिले गर्दा पिसीआर पोजिटिभ आयो भने संक्रमित खोज्न गाह्रो भएको छ’, झाले भने, ‘स्वाब संकलन गर्न जाने क्रममा पनि गलत ठेगानाका कारण बिरामीलाई क्वारेन्टाइन वा आइसोलेसनमा राख्न समस्या भएको छ ।’

संक्रमितहरु लुकिछिपी बसेकाले खोज्न समस्या परेकोे धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले वताए । संक्रमित भएर परिवार समाजमा बस्दा महामारी अझ फैलिने जोखिम भएको हुँदा त्यस्ता व्यक्तिहरुलाई खोजी कार्य भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ