२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २धनुषाको बटेश्वर गाउँपालिकामा १७ गतेसम्म निषेधाज्ञा थपियो

धनुषाको बटेश्वर गाउँपालिकामा १७ गतेसम्म निषेधाज्ञा थपियो


जनकपुर – धनुषाको बटेश्वर गाउँपालिकाले जारी गरेको निषेधज्ञा भदौ ११ गते मध्यरातिदेखि भदौ १७ गते मध्यरातिसम्म पुनः निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । भदौ ११ गतेदेखि अत्यावश्यक स्वास्थ्य सेवा र एम्वुलेन्स सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द रहने बटेश्वर गाउँपालिका स्वास्थ्य संयोजक रुद्रनारायण यादवले बताए ।

निषेधाज्ञाको अवधिमा गाउँपालिकामा लाग्ने सानाठूला सम्पूर्ण हाटबजार पूर्णरूपमा बन्द गर्ने गराउने साथै खाद्यान्नका पसलहरु बिहान ७ बजे देखि १० बजे सम्म खोल्न दिने निर्णय भएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले बताए । गाउँपालिका अन्तर्गत रहेका सैलुन, पान पसल र होटल पूर्णरुपमा बन्द रहने जारी विज्ञप्तिमा उल्लेख छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ