२०८३ कात्तिक ६, शुक्रवार
Health Aawaj logo
गृहपृष्ठ ∕ प्रदेश २ ∕ धनुषामा काेराेना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या १२ पुग्यो

धनुषामा काेराेना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या १२ पुग्यो


जनकपुर– कोरोना संक्रमणबाट धनुषामा थप एकजनाको मृत्यु भएको छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ का ४५ वर्षीय पुरुषमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले बताए ।

बुधबार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना मृतक पुरुषको सोहिदिन स्वाब संकलन गरि कोरोना परीक्षण गर्दा आज उनमा संक्रमण पुष्टि भएको झाले बताए ।

मृतक पुरुष क्षयरोग तथा मधुमेहका बिरामी थिए । यससँगै धनुषामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ