२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २धनुषाको आइसोलेसनमा सरसफाई र खानेपानीसमेत अभाव

धनुषाको आइसोलेसनमा सरसफाई र खानेपानीसमेत अभाव


जनकपुर– धनुषाको नगराइन नपा–५ गंगुलीस्थित प्रदेश २ सरकारले निर्माण गरेको आइसोलेसन सरसफाई अभावमा निकै दुगन्र्धित भएको संक्रमितहरुले गुनासो गरेका छन् ।

सामाजिक विकास मन्त्रालयले निर्माण गरेको २ सय ५० बेडको आइसोलेसनमा महिनौदेखि सरसफाई नहुँदा संक्रमित बस्ने भवन निकै दुर्गन्धित र फोहोर भएको आइसोलेसनमा बस्दै आएका एक संक्रमितले गुनासो गरेका छन् ।

विगत १२ दिनदेखि आइसोलेसनमा बस्दै आएका हंसपुर नगरपालिका वडा नं.३ का वडाध्यक्षले आफुहरु यस आइसोलेशनमा निकै कष्टपूर्ण जीवन विताउन बाध्य भएको वताए । आइसोलेशनको नाममा कोठामा बेड नभएको, सरसफाई नभएको, धारामा खानेपानी नभएको, तातोपानीको व्यवस्था नभएको बताए ।

आइसोलेसनमा विगत ९ दिनदेखि बस्दै आएका एक प्रहरी जवानले यस आइसोलेसनमा खानेपानीको समेत सुविधा नभएको गुनासो गरेका छन् । यस्तै, आइसोलेनमा १४ दिनदेखि बस्दै आएका ७० वर्षीय एक वृद्धले आफुहरुलाई अहिलेसम्म ज्वरो समेत नजाचेको गुनासो गरेका छन् । स्वास्थ्यमा समस्या भयो भन्दा पनि चिकित्सकहरु कहिल्यै नआएको आइसोलेसनमा बस्दै आएकाहरुको गुनासो छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ