२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनताको ज्यानको रक्षा, प्रदेश सरकारको पहिलो प्राथमिकता– मुख्यमन्त्री राउत

जनताको ज्यानको रक्षा, प्रदेश सरकारको पहिलो प्राथमिकता– मुख्यमन्त्री राउत


जनकपुर– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारीको संकटको घडीमा जनताको ज्यानको रक्षा नै प्रदेश सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

कोरोना महामारीको वर्तमान अवस्था, प्रदेश सरकारले चालेका कदमहरु र अगामी दिनमा चाल्नु पर्ने कदमका बारेमा सरोकारवालाहरुसँग सृुझाव लिन सर्लाहीको हरिवानमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले जनताको ज्यानको रक्षा बाहेक अन्य कुरा सोच्ने बेला अहिले नरहेको उल्लेख गरे ।

कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले पटक–पटक जिल्लामा रकमका साथै अन्य स्वास्थ्य उपकरण तथा सामग्रीहरु पठाएपनि जिल्लाका जिम्मेवार व्यक्तिहरुले सदुपयोग गर्न नसकेको गुनासो समेत गरे ।

प्रदेश सरकारले जिल्ला प्रशासन, अस्पताल लगायतलाई रकम उपलब्ध गराएपनि खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण रहेको बताए । हामीले गर्न सक्ने र हाम्रो क्षमताले भ्याएसम्म कोरोना महामारी नियन्त्रणका लागि कुनै कसर बाँकी नराख्ने उल्लेख गरे। जनअपेक्षा अनुरुप आठ वटै

जिल्लामा पिसिआर संचालनका लागि प्रक्रिया सुरु भई सकेको र रौतहटमा जडान प्रक्रिया सुरु भैसकेको समेत जानकारी गराएका छन् । साथै बाँकी रहेको जिल्लामा समेत १५ दिन भित्र पिसिआर मेसिन संचालनमा आउने उनले दाबी गरे ।

मुख्यमन्त्री राउतले जिल्लाहरुमा पठाइएको रकम कोरोना महामारी नियन्त्रणमा खर्च गर्न निर्देशन दिएका छन् । कार्यक्रममा समाजिक विकास मन्त्री नवल किशोर साहले स्वास्थ्य सामग्रीको कुनै आभाव हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा पूर्व स्वास्थ्य राज्य मन्त्री एवं विज्ञ समूहका सदस्य डा. सुरेन्द्र यादव, मुख्यन्यायाधिवक्ता दिपेन्द्र झा, सुरक्षा निकायका प्रदेश प्रमुखहरु, गौर, मलंगवा र हरिवनका मेयरहरु, रौतहट र सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखहरु गौर र मलंगवा अस्पतालका प्रमुखहरु लगायतको उपस्थिति थियो । कार्यक्रमका सहभागीहरुले कोरोना महामारीको वर्तमान अवस्था र अगामी दिनमा प्रदेश सरकारले चाल्नु पर्ने कदमहरु बारे आ–आफ्नो धारणा राखेका थिए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ