२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहाका कोरोना संक्रमितकोे विराटनगरमा मृत्यु, सिरहामा कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ६ पुग्यो

सिरहाका कोरोना संक्रमितकोे विराटनगरमा मृत्यु, सिरहामा कोरोना संक्रमणबाट मृत्यु हेनेको संख्या ६ पुग्यो


जनकपुर– सिरहामा कोरोना संक्रमणबाट ६५ वर्षिय एकजनाको मृत्यु भएको छ । लहान नगरपालिका ९ घर भएका उनको उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको हाे ।

बिहीबार अस्पताल भर्ना गरिएको उनको कोरोना परीक्षणमा पोजेटिभ आएको थियो । करिव चार घण्टा भेन्टिलेटरमा राखेर उपचार गर्दै गर्दा उनको मृत्यु भएको कोशी अस्पतालले जनाएको छ । उनमा श्वासप्रश्वासमा समस्या थियो । मृतकको शव गृह जिल्ला ल्याउने तयारी भइरहेको लहान नगरपालिकाले जनाएको छ ।

शवलाई आजै नेपाली सेनाले व्यवस्थापन गर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताए । यससंगै सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ