२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बुटवलमा खाद्य बैंक सञ्चालन– हुनेले दिएर, नहुनेले लिएर जाने

बुटवलमा खाद्य बैंक सञ्चालन– हुनेले दिएर, नहुनेले लिएर जाने


बुटवल– कोभिड–१९ को महामारीलाई लक्षित गरी बुटवलमा खाद्य बैंक सञ्चालनमा आएको छ । लायन्स क्लव अफ बेलवास सिटीले बुटवलको बेलवासमा खाद्य बैंक सञ्चालनमा ल्याएको हो ।

कोभिड–१९ को महामारीका कारण कोहिपनि मानिस भोको रहन नपरोस् भन्ने उद्देश्यले बेलवास चोकमा खाद्य बैंक सञ्चालनमा ल्याइएको क्लबका अध्यक्ष लक्ष्मण खड्काले बताए ।

‘हुनेले दिएर जानु हुनेछ, नहुनेले लिएर जानु हुनेछ । यही मर्म अनुसार खाद्य बैंक सञ्चालनमा ल्याएका हाँै,’ उनले भने । पहिलो चरणमा सेनिटाइजर, मास्क तथा राहत वितरण गरेको क्लवले दोस्रो चरणमा खाद्य बैंक सञ्चालनमा ल्याएको हो । सामाजिक सेवाभावले नै काम गर्न सुरु गरिएको क्लवका उपाध्यक्ष तथा खाद्य बैंक सञ्चालक समितिका संयोजक गोविन्द खनालले बताए ।

उनका अनुसार हाललाई क्लवले नै खर्चको व्यवस्थापन गरी बैँक संचालनमा आएको छ । बैँकमा चामल, दाल, नुन, तेल, पिठोलगायतका सामग्रीको पोका तयार गरिएको छ । अतिआवश्यक हुनेहरुले पोका लैजान सक्ने उनले बताए ।

आइतवारबाट सञ्चालनमा ल्याइएको खाद्य बैँकले विपन्न बर्गलाई लक्षित गरी खाद्य सामग्री उपलव्ध गराउने क्लवका संस्थापक अध्यक्ष शिवलाल उपाध्यायले बताए । यद्यपि खाना अभाव हुनेहरुका लागि पनि बैँक सहयागी हुने उनको भनाई छ ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ