२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशभरतपुर अस्पतालमा कोरोना संक्रमितको डाइलाइसिस, स्वास्थ्य अबस्था सामान्य

भरतपुर अस्पतालमा कोरोना संक्रमितको डाइलाइसिस, स्वास्थ्य अबस्था सामान्य


चितवन – चितवनको भरतपुर अस्पतालमा रहेका एक जना कोरोना संक्रमित बिरामीको डाइलाइसिस गरिएको छ । हेटौंडा उपमहानगरपालिका ४ घर भएका कोरोना संक्रमित ३३ बर्षीया एक युवाको बिहीबार तेस्रो पटक डाइलाइसिस गरिएको हो ।

मृर्गौला रोग विशेषज्ञ डा. सन्तोष गुरुङ्गका अनुसार अस्पतालको हेमोडाइलाइसिस युनिट खाली गराएर तीन घण्टा कोरोना संक्रमितलाई बेडमा राखी मेसिनबाट डाइलाइसिस गर्ने कार्य निकै जटिल काम भएको बताए । मृर्गौलाका रोगीलाई कोरोना संक्रमणपछि जोखिम उच्च रहने भएकोले उनको उपचारमा अस्पतालले विशेष ध्यान दिएको जनाए  । उनका अनुसार साउदीको अरबबाट फर्किएका ती युवाको यसअघि असार १८ र १९ गते भरतपुर अस्पतालमा नै डाइलाइसिस गरिएको थियो ।

त्यस्तै, भरतपुर अस्पताल बिकास समितीका अध्यक्ष तथा वरिष्ठ फिजीसीयन डा. भोजराज अधिकारीले स्वास्थ्यकर्मीलाई कोरोना सर्ने डर हुने भएकोले जोखिम मोलेर नै डाइलाइसिस गरिएको बताए । जिल्लाका अन्य अस्पतालमा संक्रमण देखिएर जटिल भएका बिरामी पनि भरतपुर पठाइने गरेको उनको भनाइ छ । उनका अनुसार आज गरिएको डाइलाइसिस जिल्लामा नै पहिलो घट्ना भएको बताए ।

यता, भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले संक्रमित मृर्गौला रोगीका लागि अस्पतालले विशेष ध्यान दिएको बताएका छन् । अस्पतालले सबै प्रकारका सावधानी र सचेतना अपनाएर डाइलाइसिस गरेकोले सुरक्षित रहेको बताउँदै उनले नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनले जारी गरेको निर्देशिकालाई पूर्णरुपमा पालना गरी प्राविधिकहरुले उच्च सतर्कताका साथ काम गरिरहेको बताए ।

अस्पतालमा उपचार गर्न आउने संक्रमितलाई देखिएका सबै खालका रोगको उपचार गर्न भरतपुर अस्पताल सक्षम  भएकै कारण अन्य जिल्लाबाट पनि बिरामी आउने गरेको बताउँछन् । हाल भरतपुर अस्पतालमा ३७ जना कोरोना संक्रमितले उपचार गराइरहेका छन् । भने, अस्पतालमा ३८ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए । पौडेलका अनुसार आज डाइलाइसिस गरेका ती युवाको अवस्था सामान्य छ । अस्पतालले साताको दुईपटक र महिनाको एक पटक डाइलाइसिस गर्दै आएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ