२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवनमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो

चितवनमा कोरोना संक्रमितको संख्या एक सय नाघ्यो


चितवन – चितवनमा कोरोना संक्रमितको संख्या एक सय नाघेको छ । भरतपुर अस्पतालका सुचना अधिकारी लीलाधर पौडेलका अनुसार आइतबारसम्म जिल्लाभर ६ हजार एक सय जनाको स्वाब परीक्षण हुँदा एक सय जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमित देखिएकामा ८४ जना पुरुष र १६ जना महिला रहेका छन् । ती मध्ये सबैभन्दा धेरै संक्रमित भरतपुर महानगरपालिकाभित्रका रहेका छन् । महानगरपालिका भित्रै ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै, माडी नगरपालिकामा ३३ जना, कालिका नगरपालिका र राप्ती नगरपालिकामा पाँच-पाँच जना र खैरहनी नगरपालिकामा तीन जना र रत्ननगर नगरपालिकामा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु अधिकांश नेपाल बाहिरबाट आएका हुन् ।

त्यस्तै, उनीहरुमध्ये ५९ जना निको भइ घर फर्किसकेका छन् भने २६ जना उपचारकै क्रममा रहेका छन् । त्यस्तै, कोरोना संक्रमणबाट चितवनमा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका ११ का ६८ वर्षीय पुरुष र कैलाली गोदावरी नगरपालिकाबाट उपचारका लागी आएका अर्का ४९ वर्षीय पुरुष रहेको सुचना अधिकारी पौडेलले जानकारी दिए ।

यता, भरतपुर अस्पतालले आइतबा सार्वजनिक गरेको तथ्यांक अनुसार जिल्लाको सबै नगरपालिका तथा महानगरपालिकामा कोरोना संक्रमित भेटिए पनि इच्छाकामना गाउँपालिकामा भने हालसम्म कोरोना संक्रमित कोहि भेटिएका छैनन् । चितवनमा वैशाख ५ गते लण्डनबाट कतार हुँदै नेपाल आएका राप्ती नगरपालिका बस्ने आमाछोरामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ