२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवन र नवलपुरमा गरेर थप १९ जनामा कोरोना पुष्टि

चितवन र नवलपुरमा गरेर थप १९ जनामा कोरोना पुष्टि


चितवन – चितवन र नवलपुरमा थप १९ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालमा रहेको कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार ३०८ वटामा गरिएको परीक्षणका क्रम्मा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशालाका प्रमुख डा. नितु अधिकारीका अनुसार चितवनको माडीका मात्रै ८ जना र नवलपुरको कावासोती र बुलिङ्टारका १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए । कोरोना संक्रमण पुष्टि हुनेमा चितवन माडी नगरपालिका वडा नम्बर १, ७ र ८ का ३२, ३५, १९, २२, २४, २८, ३६,  ३६ वर्षका ८ जना पुरुषहरु रहेका छन । उनीहरुलाई अहिले माडी नगरपालिकाको क्वारेन्टाइनमा राखिएको छ ।

यो संँगै चितवन जिल्लामा कोरोना संक्रमितहरुको संख्या १०८ पुगेको छ । त्यस्तै, नवलपुरको कावासोती ५ र ८ वडा २६ र २८ वर्षका दुई पुरुष र बुलिङ्टार ३ का १९,३०,३०,२५,२४,२४,३४,२७ बर्षका ८ पुरुष र ३२ वर्षीया एक महिला रहेकी छिन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ