२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशअस्पतालको कोषमा अध्यक्ष युथ महर्जनको मनोमानी, १५ दिने स्पष्टीकरण सोधियो

अस्पतालको कोषमा अध्यक्ष युथ महर्जनको मनोमानी, १५ दिने स्पष्टीकरण सोधियो

चण्डेश्वरी अस्पतालको रकम निर्णयबिनै निजी सहकारीको खातामा, कुनै जानकारी र निर्णयबिना रकम झिकी खर्च


काठमाडौं—बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले टोखास्थित चण्डेश्वरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष युथ महर्जनलाई १५ दिने स्पष्टीकरण सोधेको छ । १५ फागुनमा स्वास्थ्य मन्त्रीस्तरीय निर्णय गरेर अस्पतालको सेवा शुल्क वापतको रकम निजी सहकारीको खातामा जम्मा गर्नेलगायतका कानुन विपरित कार्य गरेको भन्दैं अध्यक्ष महर्जनलाई १५ दिनभित्र जवाफ पेश गर्ने गरी लिखित स्पष्टीकरण सोधिएको हो ।

२६ फागुनमा मन्त्रालयले मन्त्रीस्तरीय उक्त निर्णयअनुसार लिखित जवाफ पेश गर्न महर्जनलाई पत्राचार गरेको छ ।

अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहेका महर्जनले कानुन विपरित अस्पताल विकास सम्बन्धि कार्य, आर्थिक अनियमितता र कर्मचारीमाथि अमर्यादित र अपमानित व्यवहार गरेको भन्दैं मन्त्रालयमा उजुरी परेको थियो ।

त्यसपछि उक्त उजुरीमाथि छानविन गर्न मन्त्रालयले ३ सदस्सीय समिति बनाएको थियो । उक्त समितिले महर्जनमाथि लागेका आरोपहरुबारे छानविन गरेको थियो ।

छानविनपछि समितिले मन्त्रालयमा प्रतिवेदन बुझाइसकेको छ । प्रतिवेदनमा सरकारी अस्पतालको रकम निर्णय विपरित निजी सहकारीको खातामा जम्मा गरेको, कुनै जानकारी र निर्णयबिना रकम झिकी खर्च गरेको, आर्थिक ऐन/नियमको बर्खिलाप हुने गरी काम गरेको र चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि पेशागत मर्यादित विपरित कार्यसमेत गर्ने गरेको उल्लेख छ ।

छानविनबाट समेत महर्जनमाथि लागेका उजुरी पुष्टि भएपछि मन्त्रालयले तपाईलाई किन कारवाही नगर्ने ? भन्दैं लिखित स्पष्टीकरण दिन पत्र काटेको हो ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ