२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशनिःशुल्क महिला तथा बाल स्वास्थ्य शिविर

निःशुल्क महिला तथा बाल स्वास्थ्य शिविर


चरिकोट—दोलखाको गौरीशंकर गाउँपालिकाको आयोजनामा निशुल्क महिला तथा बाल स्वास्थ्य शिविर सञ्चालन भएको छ । शुक्रबारबाट गाउँपालिकाको वडा नं. २ जुँगुस्थित नीलकण्ठेश्वर माध्यमिक विद्यालयमासुरु भएको उक्त शिविर गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले उद्घाटन गरेका थिए ।

गौरीशंकर गाउँपालिकाको आयोजना र जनउपकार बचत तथा ऋण सहकारी संस्था लिको सहकार्य तथा क्याम्पटिभेटिङ नेपालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा शुक्रबार ४ सय महिला तथा ३ सय बालबालिकाले स्वस्थ्य परीक्षण गराएका छन् ।

गौरीशंकर गाउँपालिका १ का वडाअध्यक्ष प्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की, सोही पालिका वडा नं. २ का वडाअध्यक्ष रोहित बुढाथोकी, क्याम्पटिभेटिङ नेपालका प्रतिनिधि विकास खड्का लगायतले मन्त्वय राखेका थिए ।

हालसम्म पालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा ४ चार हजार ५ सय जना लाभान्वित भएको गौरीशंकर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वसन्त रेग्मीले बताए ।

पालिकाले यसअघिदेखिनै विभिन्न वडा तथा समुदायमा स्वास्थ्य शिविर आयोजना गर्दै आएको छ । जनताले सहज तरिकाले गाउँमानै स्वास्थ्य सेवा प्राप्त गर्न सकोस भनि पालिकाले विभिन्न निकायको सहकार्यमा शिविर आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख रेग्मीले बताए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ