२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशक्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण


चरिकोट—दोलखाको सदरमुकाम चरिकोटस्थित पशुपति चौलागाई स्मृति अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको छ । राष्ट्रिय क्षयरोग दिवसको अवसरमा अस्पतालमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको हो ।

‘क्षयरोग नियन्त्रणमा हाम्रो लडाइ, क्षयरोग मुक्त हिमाल, पहाड तराई’ भन्ने मूल नाराका साथ ७० औं राष्ट्रिय क्षयरोग नियन्त्रण दिवसको अवसर पारी नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखाले अस्पतालमा भर्ना भएका एक जना क्षयरोगीसहित पाँच जनालाई फलफूल वितरण गरिएको नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखाका सभापति हर्कबहादुर श्रेष्ठले जानकारी दिए ।

क्षयरोगबाट कोही कसैले पनि क्षति व्यहोर्नु नपरोस् भन्ने उद्धेश्यले नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । कार्यक्रम नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखाका सभापति श्रेष्ठको अध्यक्षता र पशुपति चौलागाई स्मृति अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरतनारायण प्रधानको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा पशुपति चौलागाई स्मृति अस्पतालका प्रमुख ज्ञानेश्वर श्रेष्ठ, नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा दोलखाका सचिव तीर्थबहादुर जोशी, सहसचिव भक्तलाल श्रेष्ठ लगायत अस्पतालका कर्मचारीहरुको सहभागिता रहेको थियो ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ