२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशहाडजोर्नी तथा नसा रोग सम्बन्धी शिविरमा ७ सय जनाले लिए सेवा, अधिकांश महिला

हाडजोर्नी तथा नसा रोग सम्बन्धी शिविरमा ७ सय जनाले लिए सेवा, अधिकांश महिला


चरिकोट—दोलखाको चरिकोटमा आयोजित निःशुल्क हाडजोर्नी तथा नसा रोग सम्बन्धि स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा लिनेमा अधिकांश महिला छन् । ३ दिने स्वास्थ्य शिविरमा ७ सय जनाले स्वास्थ्य सेवा लिएका हुन् ।

तीमध्ये ७५ प्रतिशत महिला रहेको सुस्वास्थ हस्पिटल काठमाडौका सञ्चालक अकु. सुदर्शन बस्नेतले जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको आयोजना र सुस्वास्थ्य हस्पिटल काठमाडौंको प्राविधिक सहयोगमा सञ्चालित स्वास्थ्य शिविरमा ४ सय ८५ जना नयाँ बिरामी र २ सय १५ जना फ्लोअपका बिरामी रहेका छन् ।

शिविरमा फिजियोथेरापी, अकुपञ्चर र प्राकृतिक चिकित्सा पद्धतिबाट कम्मर दुख्ने, गर्दन दुख्ने, घुँडा दुख्ने, जोर्नी दुख्ने, नसा च्यापिएको, माईग्रेसन र पिनास, वाथ रोग र हड्डी खिइएकोलगायतका समस्या भएका बिरामीहरुको उपचार गरिएको थियो । ती मध्ये ६० प्रतिशत घुँडा दुख्ने रोगका बिरामी रहेको बस्नेतले बताए ।

सदरमुकाम चरिकोटमा आयोजना गरिएको हुँदा जिल्लाभरका बिरामीले सेवा लिन अवसर पाएका थिए । पछिल्लो समय नसर्ने रोगको पनि बिरामी बढ्दो मात्रामा भएकाले बेलैमा स्वास्थ्य उपचार गर्न समेत बस्नेतले सुझाव दिए ।

शिविर समापनमा भीमेश्वर नगरपालिकाका मेयर ईश्वरनारायण मानन्धरले नगरपालिकाले मानवीय संवेदनासँग जोडिएको स्वास्थ्य सेवा भएकाले आगामी दिनमा विभिन्न स्वास्थ्य निकायसँग सहकार्य गरेर स्वास्थ्य शिविरलाई निरतन्रता दिने बताएका थिए । अहिले पछिल्लो समय बालबालिकादेखि ज्येष्ठ नागरिकका उमेरका व्यक्तिहरु बढी मात्रमा आत्महत्याप्रति उन्मुख भएकाले नगरपालिकाले यसतर्फ बढी ध्यान गएको बताएका थिए । साथै, नगरपालिकाले मनोरोग सम्बन्धी पनि विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गर्ने धारणा व्यक्त गरेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ