२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसिन्धुली अस्पतालका चिकित्सक मन्त्रालय गुहार्दा पनि तलब भत्ता सुनिश्चित नभएपछि आन्दोलनमा

सिन्धुली अस्पतालका चिकित्सक मन्त्रालय गुहार्दा पनि तलब भत्ता सुनिश्चित नभएपछि आन्दोलनमा


काठमाडौं—केन्द्रीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराउनुपर्ने तलब सुनिश्चित नभएको भन्दैं सिन्धुली अस्पतालका छात्रवृत्ति करारका चिकित्सकहरु आन्दोलित भएका छन् । संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई पटक—पटक ताकेता गर्दा पनि आफूहरुको तलब भत्ताको सुनिश्चितता भएको भन्दैं करार छात्रवृत्तिका चिकित्सकहरु आन्दोलित भएका हुन् ।

बुधबारबाट उनीहरुले इनप्यासेन्ट, ओपीडी र इमर्जेन्सी सबै सेवा प्रवाह गर्न छाडेका हुन् । अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डा. अभिषेक थपलियाले छात्रवृत्ति करारका चिकित्सकसहित केही स्वास्थ्यकर्मीले बुधबारबाट सेवा दिन छाडेको पुष्टि गरे ।

‘बेला—बेलामा उहाँहरुको तलब ढिला हुने अवस्था छ । दशैंको भत्ता पाउनुभएको छैन् । संघ र प्रदेशले तलब सुनिश्चिता नगरेपछि उहाँहरुले हिजोबाट सेवा दिन छाड्नुभएको हो,’ डा. थपलियाले भने, ‘हामी विकास समितिबाट पनि सधैं तलब खुवाउन सक्दैनौं । यसमा संघले ध्यान दिनुपर्ने देखिन्छ ।’

उनले पुससम्मको तलब विकास समितिबाट खुवाइएपनि सधैं विकास समितिले थेग्न नसक्ने भएकाले यसको स्थायी हल आवश्यक भएको जानकारी दिए । छात्रवृत्ति करारका चिकित्सकहरुको तलब संघीय स्वास्थ्य मन्त्रालयले अस्पतालमा भुक्तानी गर्नुपर्ने हो ।

तर, अहिलेसम्म सिन्धुली अस्पतालमा छात्रवृत्ति करारका चिकित्सकहरुको तलब संघीय सरकारले भुक्तानी पठाएको छैन । यस विषयमा छात्रवृत्ति करारका चिकित्सकहरुले २९ मंसिरमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग टेकुलाई पत्र पठाएका थिए ।

तर, उक्त पत्रको सुनुवाई नभएपछि १९ पुसम्मको पारिश्रमिक र दशैं तिहार भत्ता नपाएपछि २० पुसबाट सेवा नदिने अल्टिमेटम दिएका थिए । तर, उक्त अल्टिमेटमपछि पनि कुनै सुनुवाई नभएपछि छात्रवृत्ति करारका चिकित्सकहरुले बुधबारबाट सेवा दिन छाडेका हुन् ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ