२०८१ असार ७, बिहीबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशप्रधानमन्त्रीद्वारा १५ शैय्याको नगर अस्पतालको उद्घाटन

प्रधानमन्त्रीद्वारा १५ शैय्याको नगर अस्पतालको उद्घाटन


सिन्धुली—प्रधानमन्त्री पुष्पकमल दाहालले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको उद्घाटन गरेका छन् ।

शनिबार दुधौली नगरपालिकाले सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शैय्याको नगर अस्पतालको उद्घाटन गरेका हुन् ।

करिब १८ करोड रुपैयाँ लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ ।

समारोहमा दुधौलीको स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ