२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशसहरी स्वास्थ्य केन्द्र नेपालगंजद्वारा पोषण सम्बन्धि दुई दिने वृहत अभिमुखीकरण

सहरी स्वास्थ्य केन्द्र नेपालगंजद्वारा पोषण सम्बन्धि दुई दिने वृहत अभिमुखीकरण


नेपालगन्ज—सहरी स्वास्थ्य केन्द्र नेपालगन्ज—२ ले पोषण सम्बन्धि दुई दिने वृहत अभिमुखीकरण सम्पन्न गरेको छ । २५ र २६ माघमा सहरी स्वास्थ्य केन्द्र नेपालगन्ज—२ बाँकेको टिमले दुई दिने वृहत अभिमुखीकरण सम्पन्न गरेको हो ।

सहरी स्वास्थ्य केन्द्र २ का स्वास्थ्य संस्था प्रमुख आइतवारी चौधरीकाअनुसार वडामा रहेका दुई वर्षमुनिका बालबालिकाहरुका आमाहरुलाई बृहत पोषण सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा उत्साहजनक सहभागिता रहेको उनले जानकारी दिए ।

सो कार्यक्रमलाई सहरी स्वास्थ्य केन्द्र २ नेपालगंज बाँकेले आयोजना तथा सोही वडाको वडा कार्यालयले आर्थिक सहयोग गरेको थियो । कार्यक्रमको सहजीकरण हेल्थ असिस्टेन्ट अनिष अहमद मनिहार र अनमी रिता शाहीले गरेका थिए ।

कार्यक्रमको समापनमा आफ्नो मन्तव्य व्यक्त गर्दै वडाका महिला सदस्य तथा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष गीतादेवी राणाले कार्यक्रम धेरै राम्रो भएको र कार्यक्रमबाट आफूले सिकेका ज्ञानका कुराहरु आÏनो घर वरीपरी अन्य दिदीबहिनीहरुलाई पनि सिकाउन सहभागीहरुलाई अनुरोध गरिन् ।

कार्यक्रममा समापनमा मन्तव्य राख्दैं वडाध्यक्ष तथा स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले कार्यक्रम निकै सकारात्मक रहेको बताए । उनले आगामी दिनहरुमा पनि स्वास्थ्य संस्थालाई यस्तै अन्य उपयोगी कार्यक्रमहरु संचालनका लागि सहयोग गर्न आफु सदैव तयार रहेको जानकारी दिए ।

पोषण कमीका कारण बालबालिका विभिन्न समस्या देखिन्छन् । नेपालको लागि दिगो विकासको लक्ष्यअनुसार पा“च वर्षमुनिका बालबालिकामा हुने पुड्कोपनलाई सन् २०३० को अन्त्यमा १५ प्रतिशतमा झार्ने, ख्याउटेपनलाई घटाएर ५ प्रतिशतभन्दा कममा झार्ने, रक्तअल्पतालाई १० प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ भने प्रजनन् उमेरका महिलाहरुमा हुने रक्तअल्पता सम्बन्धी समस्यालाई १० प्रतिशतमा झार्ने रहेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण, २०२२ को तथ्याङ्कले यो सरकारी लक्ष्यलाई प्राप्त गर्न नेपालले अझै धेरै नै मेहनत गर्नुपर्ने देखाउँछ । सो तथ्याङ्क अनुसार नेपालका पाँच वर्षमुनिका बालबालिकामध्ये २५ प्रतिशतलाई पुड्कोपन, १९ प्रतिशतलाई कम तौल तथा ८ प्रतिशतलाई ख्याउटेपनको समस्या रहेको छ । सोही तथ्याङ्कअनुसार प्रजनन् उमेरका महिलाहरुमा हुने रक्तअल्पताको समस्या नेपालमा अहिले पनि ३४ प्रतिशत रहेको छ ।

विश्व पोषण प्रतिवेदन २०१६ अनुसार बालबालिकाहरुमा १ रुपैयाँ लगानी गरेमा त्यसले भविष्यमा १६ रुपैयाँ बराबरको प्रतिफल दिन्छ । बालबालिकाको ८० प्रतिशत वौद्धिक विकास आमाको गर्भमा आएदेखि २ वर्षभित्र हुन्छ जसलाई सुनौलो हजार दिन भनिन्छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कअनुसार गर्भावस्थामा ३० प्रतिशत, जन्मेको १ वर्षभित्र २५ प्रतिशत, २ वर्षभित्र २५ प्रतिशत, ५ वर्षभित्र १० प्रतिशत र ५ वर्षपछि १० प्रतिशत वौद्धिक विकास हुने गर्छ ।

शरीरलाई स्वस्थ राख्न, वृद्धि विकास गर्न तथा शक्ति प्रदान गर्न आवश्यक पर्ने पोषक तत्वहरुको आवश्यकता तथा हामीले दैनिक खाने आहार बीचको सन्तुलनलाई नै पोषण भनिन्छ । पोषण विभिन्न खानाहरुको समूह जस्तै अन्न जन्य स्रोतबाट, गेडागुडीबाट, हरियो सागपात तथा फलफूलबाट र पशुपंक्षी जन्य स्रोतबाट प्राप्त गर्न सकिन्छ । विभिन्न कारणहरुले हाम्रो शरीरलाई एक वा धेरै पोषकतत्वहरुको न्यून वा अधिक हुन गई शरीरको एउटा असामान्य अवस्थालाई कुपोषण भनिन्छ । कम तौलको बच्चा जन्मनु, संक्रमण हुनु, आमाले बच्चालाई ६ महिनासम्म पूर्ण स्तनपान नगराउनु आदि कारणहरुले बालबालिकाहरुमा कुपोषण हुने गर्छ ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ