२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशमेलम्ची स्वास्थ्य शिविरमा ३९७ जना लाभान्वित

मेलम्ची स्वास्थ्य शिविरमा ३९७ जना लाभान्वित


काठमाडौं—सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका—८, क्यौरानीस्थित जलवाई देवी माविमा आयोजना गरिएको एक दिने स्वास्थ्य शिविरबाट ३ सय ९७ जना लाभान्वित भएका छन्। शिविरमा सामान्य चिकित्सा, बालरोग, आँखा रोग, स्त्री तथा प्रसुती सेवा, मधुमेह परीक्षण, इसीजी सेवालगायतका सेवा दिइएको थियो ।

शिविरमा १४ महिनाको बालिकादेखि १ सय २ वर्षका वृद्धसम्मको स्वास्थ्य उपचार गरी आवश्यक परामर्श दिइएको थियो । आवश्यक भएकाहरूलाई निःशुल्क चश्मासमेत वितरण गरिएको थियो ।

कोइराला मेडिकल हल जोरपाटी काठमाडौं, स्वर्णिम स्वास्थ्य नेपाल मूलपानी काठमाडौंको संयुक्त आयोजना र शंकरापुर अस्पताल प्रालिको प्राविधिक सहयोगमा शिविर आयोजना गरिएको हो ।

यसअघि शिविरको उद्घाटन गर्दै नगरप्रमुख आइतमान तामाङले विपन्नलाई सेवा दिने लक्ष्य सहित शिविर आयोजना गर्नेप्रति आभार व्यक्त गरे ।

स्वागत मन्तव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं शिविर स्वयंसेवक समन्वय समितिका संयोजक जलबहादुर दोङले आगामी दिनमा पनि यस्तो शिविरले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।

शंकरापुर अस्पतालका निर्देशक डा. रमेश ढकालले आगामी दिनमा मेलम्ची नगरपालिका र शंकरापुर अस्पतालबीच सहकार्य गरी मेलम्चीवासीलाई गुणस्तरीय स्वास्थ्य सेवा दिइने जानकारी दिए ।

हेल्थ कन्सर्नका सिईओ डा. सुवास प्याकुरेलले हेल्थ रेकर्ड सिष्टम लागू गर्न नगरपालिकालाई सुझाव दिए ।

कार्यक्रमका अध्यक्षसमेत रहेका आयोजक कोइराला मेडिकल हलका संचालक विमल कोइरालाले आगामी दिनमा मेलम्चीवासीलाई शिविरहरूमार्फत अझ गुणस्तरीय सेवा दिइने प्रतिबद्धता जनाए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ