२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशनेपाल अर्थोपेडिक अस्पतालको सहयोगमा दोलखामा निःशुल्क शिविर

नेपाल अर्थोपेडिक अस्पतालको सहयोगमा दोलखामा निःशुल्क शिविर


चरिकोट—दोलखाको चरिकोटमा सञ्चालित पशुपति चौलागाई स्मृति अस्पतालमा ५ दिने हाड जोर्नी तथा नसा सम्बन्धी निःशुल्क शिविर सम्पन्न भएको छ । जेठ ३ गतेदेखि सञ्चालन भएको शिविरमा ओपीडी एक हजार एक सय ९५ र शल्यक्रिया ३९ जनाको गरिएको पशुपति चौलागाई स्मृति अस्पताल चरिकोटले जानकारी दिए ।

भीमेश्वर नगरपालिका दोलखाको सहयोग तथा पशुपति चौलागाई स्मृति अस्पतालको आयोजना र नेपाल अर्थोपेडिक अस्पताल जोरपाटीको समन्वयमा विशेषज्ञ डाक्टरहरुद्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी बिरामीको परीक्षण तथा उपचार गरेको अस्पताल सञ्चालन व्यवस्थापन समितिका अध्यक्ष भरतनारायण प्रधानले जानकारी दिए ।

शिविरमा खुट्टाको पैताला फर्किएका, जन्मजात हात खुट्टा बाङ्गिएका, हात या खुट्टाका विकृतिजन्य समस्याहरु, हात या खुट्टा भाँचिएका या भाँच्चिइ बाङ्गिएर जोडिएका, भाँच्चिएकोमा पाता वा किला राखिएका छन् र त्यसलाई निकाल्ने, हातमा आगोले पोलेको र हात खुट्टामा भएका गाठागुठीहरु निकाल्नेलगायतका निःशुल्क उपचार गरिएको छ । साथै, ओपिडी, परामर्श, शल्यक्रिया, एक्सरे र निःशुल्क औषधी वितरण गरिएको अध्यक्ष प्रधानले जानकारी दिए ।

स्वास्थ्य शिविरमा नेपाल अर्थोपेडिक अस्पतालबाट आएका डा. संयुक्ता आचार्य, डा. रचित शर्मा, डा. अनिश ज्ञवाली, डा. सुमित लोहिअ, डा. रामशंकर गुप्त, विजेन्द्र ढंगोल, सुमन बिसी, लुना भट्टराई, बबिता कार्की, अरुना महर्जन, स्मृति अधिकारी, बिना उपाध्याय, संगीता ठकुरी, बाबुराम खत्री र लोकनाथ बडाललगायतले उपचार गरेका थिए ।


क्याटेगोरी : बाग्मती प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ