२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश२५ चिकित्सकको सामूहिक राजीनामाले राप्ती विज्ञान प्रतिष्ठानको सेवा प्रभावित

२५ चिकित्सकको सामूहिक राजीनामाले राप्ती विज्ञान प्रतिष्ठानको सेवा प्रभावित


बुटवल—राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका २५ जना चिकित्सकले सामूहिक राजीनामा दिएपछि सेवा प्रभावित भएको छ । प्रतिष्ठानमा नेतृत्वसँग मिलेर काम गर्न नसकिने भन्दै चिकित्सकहरुले बिहिबार समूहिक राजीनामा दिएपछि शुक्रबार सेवा प्रभावित भएको हो । शनिबार पनि त्यसको आंशिक प्रभाव देखिएको छ ।

प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीलगायत पदाधिकारीले प्रतिष्ठानमा चिकित्सक तथा कर्मचारीहरुलाई पटक–पटक अपमान गर्ने गरेको र सबै काम आफ्नो मनपरी गर्दै गरेको भन्दै चिकित्सकहरुले सामूहिक राजीनामा दिएको दाबी गर्दै आएपनि भण्डारीले भने राजीनामा नक्कली भएको बताएकी छन् ।

यसरी सामूहिक राजीनामाले प्रतिष्ठानको सेवा लिन आएका बिरामी अलपत्र परे । प्रतिष्ठान प्रशासनले चिकित्सकहरु काममा फर्कने भन्दै बिरामी भर्ना गर्न नछोडे पनि चिकित्सक काममा नफर्किएपछि थप समस्या भएको हो ।

प्रतिष्ठान पदाधिकारीले चिकित्सकहरुलाई बिरामी जाँचको क्रममा पनि पटक—पटक हस्तक्षेप गर्ने, मौखिक रुपमा अपमानको भाषा बोल्नेलगायतको कार्य गरेको भन्दै बिहीबार बिहानैदेखि चिकित्सकहरु आन्दोलन उत्रिएका थिए । दिउँसो प्रतिष्ठानका पदाधिकारीहरुसँग पटक—पटक वार्ताको प्रयास असफल भएपछि बिहीबार बेलुकी डाक्टरहरुले सामूहिक छलफल गरी प्रतिष्ठानको मानसिक यातना सहन नसक्ने भन्दै सामूहिक राजीनामामा हस्ताक्षर गरेका थिए ।

प्रतिष्ठानका उपकुलपति डा. संगीता भण्डारीको राजीनामा माग समेत गरिएको छ । शुक्रबार भेलाको आयोजना गरी विकिरण गौतमको संयोजकत्वमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ समिति गठन समेत गरेका छन् ।

 

राप्ती प्रतिष्ठानकी उपकुलपति भन्छिन्, ‘सामूहिक भनिएको राजीनामा नक्कली हो’


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ