२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुको आन्दोलन टुंगियो

नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मीहरुको आन्दोलन टुंगियो


नेपालगन्ज—बाँकेस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका आन्दोलनरत कर्मचारी र अस्पताल प्रशासनबीच सहमति भएको छ ।

तीन महिनादेखिको बाँकी तलब एकमुष्ठ पाउनुपर्ने, कोभिडको महामारीका बेला फ्रन्टलाइनमा काम गरेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउनुपर्नेलगायतका माग राखेर १ साउनदेखि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलनमा थिए ।

अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच भएको वार्ताअनुसार बैशाख महिनाको तलब यही १० साउनभित्र भुक्तानी गर्न मेडिकल कलेज ब्यवस्थापन सहमत भएको छ ।

यस्तै, जेठ महिनाको तलब २० साउनेभित्र र असार महिनाको तलब भदौ पहिलो साताभित्र भुक्तानी गर्ने कलेज ब्यवस्थापनले प्रतिबद्धता जनाएपछि आन्दोलन रोकिएको हो ।

यस्तै बीमा, खाजा भत्ता, ओभरटाइम, सामाजिक सुरक्षा बापतको रकम भने साउन मसान्तभित्र टुंगाउने सहमति भएको कलेजका उपनिर्देशक श्यामकुमार शर्माले जानकारी दिए ।

नेपालगन्ज मेडिकल कलेजमा झण्डै १५ सय कर्मचारी छन् । एमबीबीएसको सिट १ सय ५० बाट कटौती भएर १ सयमा झरेपछि मेडिकल कलेज विगत दुई वर्षदेखि घाटामा चल्दै आएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश
ट्याग : #नेपालगन्ज मेडिकल कलेज


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ