२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकिशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न

किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम सम्पन्न


नेपालगन्ज—किशोर-किशोरी यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि ५ दिने तालिम नेपालगन्जमा सम्पन्न भएको छ । बी ग्रुप नेपालगन्जको सहयोगमा स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशले संचालन गरेको तालिममा बर्दिया जिल्लाका गेरुवा, मधुवन, बारबर्दिया र ठाकुरबावा नगरपालिकाका स्वास्थ्य संस्था र विद्यालयका कार्यरत स्वास्थ्यकर्मी र नर्ससहित १५ जना सहभागी थिए ।

नेपालमा १० देखि १९ वर्षसम्मको उमेरलाई किशोरावस्था मानिन्छ । भनिन्छ । यो उमेर समुहका केटाकेटीहरुलाई किशोर-किशोरी भनिन्छ । किशोरावस्था शारीरिक, मानसिक, भावनात्मक सामाजिक तथा यौनिक परिवर्तन तथा विकास हुन्छ ।

यस्तो उमेरमा मन चञ्चल हुन्छ, छिनमा हास्न मन लाग्ने, छिनमा रुन मन लाग्ने, छिनमा रिस उठ्ने हुन्छ । कुनैपनि कुराको तुरुन्तै निर्णय गर्ने बानी हुन्छ । यस अवस्थाका किशोर-किशोरीहरूले लिने निर्णय एवं व्यवहारहरूले उनीहरूको भविष्यमा गहन असर पार्ने जोखिम धेरै हुन्छ । किशोर-किशोरीहरुले दैनिक जीवनमा सामना गर्नुपर्ने चुनौतीहरू धेरै हुन्छन् ।

उनीहरुका आवश्यकतालाई प्रभावकारी र सकारात्मक रूपमा समाधान गर्न सक्ने सीप र व्यवहारबारे जानकारी दिने उद्देश्यले किशोर-किशोरीहरुले सेवा लिने स्वास्थ्य संस्था र अध्ययन गर्ने विद्यालयका स्टाफ नर्सहरुलाई तालिम दिइएको स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले बताए ।

तालिमका सहभागीहरुलाई भेरी अस्पतालकी प्रमुख नसिङ प्रशासक दुर्गा लक्ष्मी श्रेष्ठ, नर्सिङ अधिकृत शिला शर्मा , भारता शर्मा , बसुन्धरा ज्ञवाली रामे कुमारी थनेतलगायतका प्रशिक्षकहरुले उमेर अनुसारको वृहत यौनिकता शिक्षा, महिनावारीका बेलाको स्वच्छता व्यवस्थापन, लागूपदार्थ दुर्व्यसनबाट बच्ने उपायहरुका बारेमा तालिममा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराएका थिए ।

तालिमका सहभागीहरुलाई भेरी अस्पतालका निमित्त प्रमुख डा. राजन पान्डे, प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ, बी ग्रुपका अध्यक्ष टेकबहादुर पुनले प्रमाणपत्र वितरण गरेका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ