२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ का केही अस्पतालहरुमा अध्यक्ष नियुक्त

प्रदेश ५ का केही अस्पतालहरुमा अध्यक्ष नियुक्त


बुटवल—प्रदेश ५ सरकारले प्रदेशका केही जिल्ला अस्पतालहरुका अध्यक्षहरुको नियुक्ति गरेको छ । साथमा महिला सदस्यहरुको पनि टुंगो लगाएको छ । यो सँगै लामो समयदेखि रिक्त रहेका जिल्ला अस्पतालहरुका विकास समितिले नेतृत्व पाएका छन् ।

प्रदेश सरकारले पाल्पा, नवलपरासी, बर्दियालगायतका जिल्लामा रहेका अस्पतालहरुमा अध्यक्षसहित महिला सदस्य नियुक्ति गरेको हो । लामो समयदेखि अस्पताल विकास समिति नेतृत्व विहिन हुँदा काम प्रभावित भएको थियो ।

प्रदेश सरकारले बर्दिया अस्पतालको अध्यक्षमा अंगद श्रेष्ठलाई नियुक्त गरेको छ भने पाल्पा अस्पतालको अध्यक्षमा नेत्रप्रसाद पाण्डेयले नेतृत्व पाएका छन् । त्यस्तै पाल्पाकै रामपुर अस्पालको अध्यक्षमा बासुदेव शर्मा नियुक्त भएका छन् ।

यता तराईको महत्वपूर्ण अस्पतालका रुपमा रहेको पृथ्वीचन्द्र अस्पताल नवलपरासीको महिला सदस्यमा सरिता पौडेल, रामपुर अस्पतालमा ईश्वरी देवी खनाल, पाल्पा अस्पतालमा शुसिला देवी श्रेष्ठलाई नियुक्ति गरिएको छ ।

समाजिक विकास मन्त्रालयले सूचना जारी गरी योग्यता पुगेकाहरुका लागि रित्त पदका लागि आवेदन आव्हान गरेको थियो ।

प्रदेश सरकारको शुक्रबार बसेको बैठकले सिफारिस भै आएका नामलाई अनुमोदन गरेको प्रदेश ५का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ