२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकानुनी समस्याले नागरिकको स्वास्थ्यमा खेलवाड

कानुनी समस्याले नागरिकको स्वास्थ्यमा खेलवाड


बुटवल-समय सापेक्ष कानुनी प्रावधान हुन नसक्दा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड हुने गरेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले पूराना कानुनहरु समयअनुरुप संसोधन हुन नसक्दा उपभोक्ताहरु दैनिक स्वास्थ्य जोखिम उच्च हुँदै गएको बताए ।

लचिलो र प्रष्ट प्रावधानसहितको कानुन नहुँदा उद्योगी व्यापारीले खाद्य पदार्थमा मिसावट गरे पनि उचित कानुनी कारवाही समेत गर्न कठिनाई हुने गरेको उनीहरुले गुनासो गरे ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलय भैरहवाले गत शुक्रबार पत्रकारहरुका लागि आयोजना गरेको खाद्य स्वच्छता सम्बन्धी तालिममा बोल्दै रुपन्देही जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता लक्ष्मण घिमिरेले खाद्य ऐन फितलो हुँदा लापरवाही गर्नको लागि कारवाही गर्न समस्या हुने गरेको बताए ।

कार्यक्रममा खाद्य अपराध अनुसन्धान अभियोजन र न्याय सम्बन्धी जानकारी दिँदै उनले कानुनी संहितामा मिसावट गर्नेलाई ५ वर्षसम्मको कैद सजाय हुने व्यवस्था रहेपनि कुनै खाद्य पदार्थ दूषित वा न्यूनस्तरको खाद्य पदार्थ हो वा होइन भन्ने कुराको परीक्षणको लागि पर्याप्त मात्रामा अनुसन्धानशाला नहुँदा कारवाही प्रक्रिया रोकिने गरेको बताएका छन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख आनन्द डंगोलले खाद्य स्वच्छता सम्बन्धी जनचेतना फैलाउन पत्रकारको आवश्यकता रहेकोमा जोड दिए ।

उपभोक्तासहित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष तेजकुमार पाठकले उपभोक्ताको हित संरक्षण गर्नको लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले अनुसन्धान, परिक्षण र गलत गर्नेलाई बारबाही गर्नु पर्ने बताए । कार्यक्रम संयोजक पदमराज भुसालले खाद्य पदार्थको प्रयोग गर्दा स्वयम व्यक्तिको सरसफाइमा ध्यान दिन आवश्यकता रहेकोमा जोड दिए । खाद्य पदार्थ किनमेलदेखि, भण्डारण, ओसार पोसार, पकाउने र खाँदा सम्म स्वच्छता हुन आवश्यकता रहेको बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ