२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश९ करोड लगानीमा देवदहमा १५ शैय्याको अस्पताल निर्माणको तयारी

९ करोड लगानीमा देवदहमा १५ शैय्याको अस्पताल निर्माणको तयारी


बुटवल—रुपन्देहीको देवदहमा १५ शैय्याको अस्पताल निर्माण प्रक्रिया सुरु भएको छ । नेपाल सरकारको प्रत्येक स्थानीय तहमा एक अस्पताल बनाउने घोषणालाई सार्थक बनाउने गरी देवदहमा पनि अस्पताल निर्माण हुन लागेको हो ।

स्थानीय तहबाट स्वास्थ्य सेवा दिने गरी नगरपालिकाको वडा न. ५ खैरेनीमा अस्पताल निर्माण हुनेछ । करिब ९ करोड रुपैयाँको लागतमा निर्माण हुने सो अस्पताल निर्माणका लागि डिपिआर तयार भैसकेको नगरपालिका प्रमुख हिराबहादुर केसीले बताए । ‘अस्पताल निर्माणका लागि डिपिआर तयार भैसकेको छ । अब अन्य प्रक्रियागत काम हुने क्रममा छ,’ उनले भने ।

नगरपालिकाबाट निर्णय स्वीकृत भैसकेकोले अब अस्पतालले पूर्णता पाउने उनको विश्वास छ । यस वर्ष नै उक्त अस्पतालको निर्माण कार्य सुरु गर्ने लक्ष्यका साथ काम अघि बढाइएको र चालु आर्थिक वर्षमा ३ करोड बजेट विनियोजन गरिएको उनले बताए ।

पहिलो योजनाअन्तर्गत टेण्डर निकाल्ने तयारी भैरहेको छ । नगरप्रमुख केसीका अनुसार अस्पताल निर्माणको पहिलो किस्ता वापत चालु आर्थिक वर्षमा नगरपालिकाले डेढ करोड बजेट छुट्टाइसकेको छ भने संघीय सरकारसँग समपुरक अनुदान स्वरुप डेढ करोड माग गरिएको छ ।

आगामी ३ वर्षमा अस्पताल निर्माण सम्पन्न भै संचालनमा आउने लक्ष्यका साथ छिट्टै काम सुरु हुने उनले बताए । देवदहमै बुटवल र भैरहवामा उपलब्ध स्वास्थ सेवा प्रदान गर्ने गरी अस्पताल निर्माण हुने नगरपालिकाको दावी छ ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग छेउमै बन्ने उक्त अस्पतालले रुपन्देही र नवलपरासीका जनतालाई लक्षित गरी स्वास्थ्य सेवाबाट प्रदान गर्नेछ । त्यस्तै देवदहलगायतका क्षेत्रमा भैरहने सवारी दुर्घटनाबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि पनि अस्पताल महत्वपूर्ण हुनेछ ।

करिब १५ कठ्ठा जग्गामा स्वास्थ्य मन्त्रालयको मापदण्ड बमोजिमको आधुनिक सुविधासहितको भवन निर्माण हुनेछ । अस्पतालमा आकस्मिक सेवा, बहिरंग सेवा, विशेषज्ञ सेवासहित अन्य सेवाहरु रहनेछन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ