२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशयौनिकताका विषयमा तीन दिने कार्यशाला सुरु

यौनिकताका विषयमा तीन दिने कार्यशाला सुरु


बुटवल—प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा पहिलो पटक बृहत यौनिकता शिक्षाका सम्वन्धमा तीन दिने प्रदेशस्तरीय कार्यशाला सुरु भएको छ ।

आइतबारबाट बुटवलमा सुरु भएको कार्यशालाले यौनिक शिक्षाका विषयमा बृहत ज्ञानको अभिवृद्धिका लागि टेवा पु¥याउने अपेक्षा गरिएको छ । यस प्रकारका कार्यशालाहरु अन्य प्रदेशहरुमा पनि गर्दै जाने नेपाल परिवार नियोजन संघ रुपन्देहीका शाखा प्रवन्धक मोहन बस्यालले जनाकारी दिए ।

कार्यशालामा प्रदेश अन्तर्गतका रुपन्देहीसहित प्यूठान, अर्घाखाँची, कपिलवस्तु, दाङ, पूर्वी रुकुमलगायतका जिल्लाबाट स्वास्थ्य तथा शिक्षा क्षेत्रका उच्च पदस्थ व्यक्तिहरुको सहभागिता रहेको छ ।

नेपाल परिवार नियोजन संघ र युएनएफपिएको आयोजनामा सुरु भएको कार्यशाला उद्घाटन गर्दै नेपाल परिवार नियोजन संघका महानिर्देशक डा. विनोद गिरीले पाठ्यक्रम निर्माण गर्दा यौनिक विषयलाई गम्भीरतापूर्वक समावेश गर्न सघाउ पुग्ने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले सरकारले अन्य निकायहरुसँग समन्वय र सहकार्यबाट नै यौनिक शिक्षा अभिवृद्धिका लागि पहल गर्ने बताए ।

नेपाल परिवार नियोजन संघका केन्द्रिय महानिर्देशक केपी विष्टले युवाहरुमा जागरण ल्याउनका लागि कार्यशाला फलदायी हुने विश्वास व्यक्त गरे ।

कार्यशाला उद्घाटन सत्रमा बोल्दै प्रदेश स्वास्थय महाशाखा प्रमुख डा. उमाशंकर चौधरीले एक पक्षले मात्र यस प्रकारका काम गर्न असम्भव भएकाले सबैको सहकार्य आवश्यक हुने बताए । कार्यक्रममा प्रदेश ५ का निमिक्त स्वास्थय निर्देशक भोजबहादुर केसी, संघ प्रदिप शाक्यलगनयतले बोल्दै विज्ञ टोलीहरुले उत्कृष्ट पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिए ।

तीन दिने कार्यशालामा विभिन्न फरक—फरक विषयमा फरक—फरक व्यक्तिहरुले सहजीकरण गर्नेछन् । कार्यशालामा केपी विष्ट, प्रा.डा. रामकृष्ण महर्जन, डा. भगवान अर्याल, अभिराम रोय, अनु विष्टलगायतले प्रस्तुतीकरण दिनेछन् । साथै कार्यशाला पश्चात एउटा टोलीसमेत गठन हुनेछ । जसले आवश्यक प्राविधिक कार्य गर्नेछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ