२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअस्पतालले तीन वर्षभित्र मापदण्ड पूरा गर्नुपर्ने व्यवस्थासहित जनस्वास्थ्य सेवा ऐनको मस्यौदा तयार

अस्पतालले तीन वर्षभित्र मापदण्ड पूरा गर्नुपर्ने व्यवस्थासहित जनस्वास्थ्य सेवा ऐनको मस्यौदा तयार


बुटवल—प्रदेश ५ सरकारले जनस्वास्थ्य सेवा ऐनको मस्यौदा तयार गरेको छ । निश्चित मापदण्ड पूरा नगरेका अस्पतालहरुले तीन वर्षभित्र मापदण्ड पूरा गर्नुपर्ने व्यवस्थासहित कानुनको मस्यौदा तयार गरेको छ । सामाजिक विकास मन्त्रालयले तयार गरेको ऐनले तीन वर्षभित्रै मापदण्ड पूरा नगरेका अस्पतालले तोकिएको मापदण्ड पूरा गर्नुपर्ने भनिएको छ ।

हाल संचालनमा रहेका प्रदेश ५ का अधिकांश अस्पतालहरू नै मापदण्ड विपरीत रहेका छन् ।

सरकारले ०७० सालमै मापदण्ड सम्बन्धी कानुन निर्माण गरेको भएपनि त्यसयता खुलेका अस्पतालले समेत मापदण्ड पूरा गरेका छैनन् । हाल तयार भएको मस्यौदामा तीन वर्ष भित्र मापदण्डभित्र आउनुपर्ने व्यवस्थालाई भने निजी अस्पताल व्यवसायीले कम्तिमा ८ वर्ष बनाउन सुझाव दिएका छन् ।

तीन वर्षभित्र मापदण्ड पूरा गर्न समस्या हुने भन्दै आठ वर्ष कायम गर्नुपर्नेमा निजी अस्पताल संघ प्रदेश ५ का अध्यक्ष रामप्रसाद खरेल बताउँछन् । ‘ठूलो संरचनामा सेवा प्रदान गरिरहेकाले तीन वर्षभित्र सवै संरचनाहरुमा सम्भव हुँदैन्,’ उनले भने ।

प्रदेश सरकारले मस्यौदा ऐन मै तीन वर्ष भनी उल्लेख गरेको छ । तर निजी अस्पतालहरूले त्यसलाई ऐनमा नराखी नियमावलीमा राख्नुपर्ने दबाब दिएका छन् ।

एम्बुलेन्सको नियमनका लागि ट्रयाकिङ प्रणाली राख्नुपर्ने पनि सुझाव आएका छन् । प्रदेश सरकारले मस्यौदा माथि छलफल तथा सुझाव समेत संकलन गरेको छ ।

त्यस्तै मस्यौदामा उल्लेख भएको बिरामी रिफरलाई कारणसहित गर्नुपर्ने बनाउन सुझाव दिएका छन् । कतिपय अवस्थामा विकृति समेत देखिने गरेको भन्दै अस्पतालमा सेवा हुँदाहुँदै पनि रिफर गर्नुपरे त्यसको कारण खुलाउनुपर्ने प्रावधान राख्नुपर्ने सुझावहरु समेत दिइएको छ । सरोकारवालाले औषधि खरिदमा छोटो पक्रिया अपनाउनुपर्ने सुझाव दिएका छन् । स्वास्थ्यकर्मीहरूले निजी अस्पतालमा काम गर्दा सरकारी संस्थाको पहिचान खुलाएर विज्ञापन गर्न नपाउने समेत सुझाव दिइएको छ ।

मन्त्रालयले सरोकारवालाको सुझावको आधारमा मस्यौदालाई अन्तिम रूप दिनेछ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ