२०८१ जेठ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ का मुख्यमन्त्री पोखरेल भन्छन्, ‘अस्पतालको विकासमा अवरोध हुनु हुँदैन्’

प्रदेश ५ का मुख्यमन्त्री पोखरेल भन्छन्, ‘अस्पतालको विकासमा अवरोध हुनु हुँदैन्’


बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतीमा कसैले अवरोध गर्न नहुने बताएका छन् । उनले प्रदेश सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा अस्पतालको विकास गर्न खोजेको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसमा कसैको अवरोध स्वीकार्य नहुने बताए ।

गौतम वुद्ध सामुदायिक मुटु अस्पतालको वार्षिकोत्सव तथा ७ औं स्थापना दिवसका अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले स्वास्थ क्षेत्रमा सधारको लागि काम भैरहेको बताए । उनले विकास र समृद्धिको यात्रामा कसैबाट पनि कुनै पनि क्षेत्रमा अवरोध उचित नहुने बताए ।

स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा समेत कमिसनको गन्ध आउने गरेको भन्दै त्यसलाई रोक्नुपर्नेमा जोड दिए । उनले मेडिकल कलेज संचालनमा समेत ध्यान पुर्याउन आग्रह गरे ।

‘प्रदेश ५ स्वास्थ्य सुविधाको हिसाबले कमजोर अवस्थामा छ । जनताको विश्वास घट्दै गएर जिल्ला, प्रदेश र देश नै छानेर उपचारका लागि बाहिर जाने अवस्था रहेको छ । त्यसतर्फ पनि ध्यान दिनुपर्छ,’ उनले भने ।

गौतम वुद्ध सामुदायिक अस्पतालको स्तरोन्नतीका लागि जग्गा उपलब्ध गराउने कुरामा बुटवल उप-महानगरपालिकाले सहयोग गर्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारले पनि सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेश पाँचका प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, बुटवल उप-महानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीलगायतले अस्पताल विकासका लागि सामूहिक पहलको अवस्यकता रहेको बताएका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ