२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशविद्युत आपूर्तिपछि अस्पतालका उपकरण सञ्चालनमा

विद्युत आपूर्तिपछि अस्पतालका उपकरण सञ्चालनमा


बुटवल—नवलपरासीमा रहेको जिल्ला अस्पतालमा विद्युत आपूर्ति भएसँगै लामो समयदेखि अवरुद्ध रहेका अस्पतालका अति आवश्यकीय उपकरणहरु चल्न थालेका छन् ।

जिल्ला सदरमुकाम परासीमा रहेको पृथ्वी चन्द्र अस्पतालका अत्यावश्यक उपकरणहरु संचालनमा आएका हुन् । रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा विद्युत ट्रान्फर्मर जडान भएपछि अस्पतालका उपकरणहरु सञ्चालनमा आएका छन् ।

विद्युत ट्रान्फर्मर जडान भएपछि अस्पतालमा दैनिक प्रयोग गर्नुपर्ने अत्यावश्यक उपकरणसमेत सञ्चालनमा आएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताए । अस्पतालमा विद्युत पर्याप्त आपूर्ति हुन नसक्दा एक्स रे मेसिन संञ्चालन हुन सकेको थिएन ।

अस्पतालमा दैनिक प्रयोग गर्नुपर्ने अत्यावश्यक उपकरण संञ्चालनमा नआउँदा अस्तपताल आउने बिरामीहरु बाहिर क्लिनिक जान बाध्य थिए । रामग्राम नगरपालिकाको आर्थिक सहयोगमा विद्युत ट्रान्फर्मर जडान भएपछि र अस्पतालको अत्यावश्यक उपकरण संचालनमा आएपछि अस्पतालमा दैनिक बिरामीहरु बाहिर क्लिनिकमा जाँच गराउन जानुपर्ने बध्याता हट्ने भएको छ । अस्पतालमा विद्युतको पर्याप्त भोल्टेज नहुँदा अस्पतालमा दैनिक प्रयोग गर्नुपर्ने अत्यावश्यक उपकरण समेत सञ्चालनमा आउन नसक्दा समस्या हँुदै आएको थियो ।

कुल ६ लाख मुल्य पर्ने ट्रान्सफर्मर अस्पतालमा जडान गरिएको छ । नयाँ विद्युत ट्रान्फर्मर जडान गरिएको ट्रान्फर्मरबाट अस्पतालका दैनिक प्रयोग गर्नुपर्ने अत्यावश्यक उपकरणहरु लागि मात्रै विद्युत आपूर्ति गरिएको गुप्ताले जानकारी दिए ।

भोल्टेज नपुगेपछि महंगो मेसिन भएकाले जोखिम मोलेर सञ्चालन गर्नुभन्दा बन्द गरेर राखिएको अवस्थामा थियो भने ट्रान्फर्मर जडान भएपछि संचालनमा आएको होदाले बताए । अस्पतालको विद्युत बापतको झन्डै ४२ लाख विद्युत महसुल बाँकी रहेको छ । जसमा अहिले ७ लाख भुक्तानी गरेर बाँकी महसुल पनि दुई वर्षभित्र तिर्ने सहमतिमा नयाँ ट्रान्सफर्मर जडान गरिएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ