२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशदक्ष प्रसुती प्रदायक तालिम नेपालगन्जमा सुरु

दक्ष प्रसुती प्रदायक तालिम नेपालगन्जमा सुरु


नेपालगन्ज—नेपाल सरकारको मातृ मृत्युदर र बाल मृत्युदर कम गर्ने उद्धेश्यका साथ स्वास्थ तालिम केन्द्र धनगढीले नेपालगन्जमा दक्ष प्रसुती प्रदायक तालिम सुरु गरेको छ । उक्त तालिम आइतबारबाट स्वास्थ्य तालिम केन्द्र धनगढीको आर्थिक सहयोगमा नेपालगन्ज मेडिकल कलेजमा सुरु भएको छ ।

नेपालगन्ज मेडिकल कलेजले राष्ट्रिय तालिम केन्द्रबाट यसै बर्ष अनुमति प्राप्त भएको र पहिलो चरणको तालिम सुरुवात भएको नेपालगन्ज मेडिकल कलेजका सामाजिक सेवा इकाई प्रमुख रामबहादुर मल्लले बताए ।

‘यो तालिमको उद्धेश्य भनेको नर्सिङ कर्मचारीलाई दक्ष प्रसुतीकर्मी उत्पादन गरी मातृ मृत्युदर घटाउनमा मद्धत गर्छ । प्रत्येक बर्थिङ सेन्टरमा २/३ जना दक्ष स्वास्थ्यकर्मी हुनुपर्ने अहिलेको मापदण्ड छ, जसले गर्दा आमा र बच्चाको अकालमै हुने न्यूनीकरण हुनेछ,’ स्वास्थ्य तालिम केन्द्रका प्रमुख नरेन्द्र कार्कीले भने ।

उद्घाट्न समारोहमा बोल्दै नेपालगन्ज मेडिकल कलेजलाई दक्ष प्रसुतीकर्मी उत्पादन गर्ने मान्यता दिलाउन पहल गरेको र जसले गर्दा सुदूरपश्चिमको स्वास्थ्य अवस्था सुधारमा ठूलो टेवा पुग्ने सुदुरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ