२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशट्याक्टरमा बोकिन्छन् प्रसव वेदनामा छट्पटाइरहेका सुत्केरी

ट्याक्टरमा बोकिन्छन् प्रसव वेदनामा छट्पटाइरहेका सुत्केरी


बुटवल—ट्याक्टरमा प्रसव पीडाले छट्पटाइरहेकी महिलालाई बोकिन्छ भन्ने कुरा सुन्दा विश्वास नलाग्न सक्छ । अझ तराईकै जिल्लामा यस्तोसम्म हुन्छ भन्ने सुन्दा पत्याउनै मुश्किल पर्छ ।

तर, कपिवस्तुको विजयनगर गाउँपालिमा एक महिलाले ट्यक्टरमै बच्चा जन्माएकी छन् । विजयनगर गाउँपालिका वडा नं. ५ कटुवा गाउँकी उर्मिला कोरीले गत शनिबार ट्याक्टर मै सुत्केरी भइन् ।

यो समस्या उनको मात्र होइन् । विजयनगर गाउँपालिकाका स्थानीयहरुको यस्तै समस्या भोग्नु परिरहेको छ । गाउँपालिकामा एउटा एम्वुलेन्ससमेत नहँुदा स्थानीय जीवनमरणको जोखिम लिन बाध्य छन् ।

गाउँपालिकामा एम्वुलेन्स त छैन् नै गतिलो स्वास्थ्य संस्था समेत नहुँदा समस्या हुने गरेको स्थानीय महेश कलवार बताउँछन् । गाउँपालिकाले हालसम्म एम्बुलेन्स खरिद नगर्दाको पीडा आफूजस्तै अरु गाउँपालिकावासीको रहेको उनको भनाइ छ ।

स्थानीयहरु बिरामी हुँदा सकेसम्म घरमै उपचारको प्रयास गर्छन् । अन्तिम परे मात्र ट्याक्टर वा अन्य सवारी साधनमा अस्पताल लग्ने गरेका छन् । उनीहरु उपचारका क्रममा भगवान कै भरोसमा गर्ने गरेको सुनाउँछन् ।

गाउँमा हुने यस्तै समस्याका लागि भने विजयनगर गाउँपालिकाले एम्बुलेन्स खरिद र संचालनका लागि प्रयास र पहल भैरहेको बताउँदै आएको छ । चालु आर्थिक वर्षमा एम्बुलेन्स खरिदका लागि गाउँपालिकाले १५ लाख बजेट विनियोजन समेत गरेको छ । तर, नतिजा भने देखिएको छैन् ।

यस वर्ष दातृ निकायबाट सहयोग प्राप्त भयो भने २ वटा एम्बुलेन्स संचालन हुने गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले बताए । ‘हाम्रो मात्र बजेटले अलि अपुग होलाजस्तो भयो । दातृ निकायले सहयोग गरेमा हामी एम्वुलेन्स खरिदको तयारीमा छांै,’ उनले भने ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ