२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालमा मिर्गौला डाइलाइसिस सेवा सुरु, न्यूरो सेवा विस्तार गरिने

लुम्बिनी प्रादेशिक अस्पतालमा मिर्गौला डाइलाइसिस सेवा सुरु, न्यूरो सेवा विस्तार गरिने


बुटवल-मिर्गौला बिरामीका लागि आवश्यक पर्ने डाइलाइसिस सेवा लुम्बिनी प्रादेशिक अस्पतालले दिन सुरु गरेको छ । अस्पतालले बुटबलमा सोमबारदेखि डाइलाइसिस सेवाको सुभारम्भ गरेको हो ।

डायलाइसिस सेवाको एक कार्यक्रमबीच प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले सुरुवात गरे ।

मिर्गौला बिरामीहरुले अनिवार्य रुपमा डाइलाइसिस गर्नुपर्ने हुन्छ । प्रदेशकै महत्वपूर्ण अस्पतालका रुपमा रहेको लुम्बिनी अस्पतालमा सेवा नहुँदा बिरामीहरु निजी क्षेत्रमा महंगोमा उपचार गर्न बाध्य थिए ।

मिर्गौलाको उपचार निकै महंगो हुने गरेको पीडितहरुले गुनासो गर्ने गर्दछन् । सरकारले निःशुल्क डाइलाइसिस सेवा दिने भने पनि पूर्णतया कार्यन्वयन भने हुन सकेको छैन् । बिरामीहरु अस्पताल आउनुपूर्व नै मिर्गौला सम्बन्धी जनचेतना जगाउन आवश्यक हुने चिकित्सकहरु बताउँछन् ।

‘लुम्बिनी प्रादेशीक अस्पतालमा सेवा थप गर्दे लैजाने योजना अनुरुप काम भैरहेको छ,’ प्रदेश ५ का सकाजिक विकास मन्त्री बरालले भने, ‘यसै वर्ष अस्पतालमा न्युरो सेवा विस्तार हुनेछ । त्यति मात्र होइन अब प्रादेशिक अस्पतालमा सबै सेवाको निरन्तरता जरुरी भैसकेको छ ।’

प्रदेशमै उपचारका लागि आशा र भरोसा लुम्बिनी अस्पतालमा भएपनि आशाा अनुरुपको सेवा नहुँदा सेवाग्राही असन्तुष्टी पोख्ने गरेका छन् । अस्पतालमा जनताले अनुभूति गर्ने गरी परिवर्तन आउने गरी काम गर्ने लुम्विनी प्रादेशिक अस्पताल प्रमुख डा. राजेन्द्र खनाल बताउँछन् । ‘यस क्षेत्रको आशाको केन्द्रविन्दु अस्पताल भनेकै लुम्बिनी अस्पताल हो । यहाँको सेवाका बारेमा सबैलाई सुसूचित गर्ने दायित्वसमेत हामीसँग छ,’ उनले भने, ‘अस्पतालको सेवामा कुनै कमी हुन नदिने गरी हामी काम गरिरहेका छौं ।’

लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले ४ बेडबाट डायलाइसिस सेवा सुरु भएको छ । यस क्षेत्रमा बिरामीको संख्या अत्याधिक सबैलाई सेवा प्राप्त गर्न भने गाह्रो पर्ने देखिएको छ । डायलाइसिस सेवालाई आवश्यकताअनुसार थप गर्दे लैजाने अस्पतालका हेमोडायलाइसिस विभागका प्रमुख डा. शक्ति बस्नेत बताउँछन् । ‘बिरामीको भार अनुरुप थप गर्दै जाने योजनाका साथ सुरु गरेका छौं,’ उनले भने ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ