२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशरुपन्देहीमा निःशुल्क स्वास्थ्य शिविर

रुपन्देहीमा निःशुल्क स्वास्थ्य शिविर


बुटवल-रुपन्देहीको तिलोत्तमा–१६, बेहुलीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । तिलोत्तमामा रहेको क्रिमसन अस्पताल र लायन्स क्लव अफ सिद्धार्थनगर मिडटाउन कोटिहवाको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर गरेको हो ।

अस्पतालको प्राविधिक सहयोग तथा क्लवको संयोजनमा शिविरमा संचालन भएको थियो । उक्त शिविरमा स्थानीय १ सय १५ जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएका छन् ।

मधुमेहलाई लक्षित गरी आयोजना गरिएको शिविरमा सहभागी सबैको निःशुल्क सुगर परीक्षण समेत गरिएको थियो । त्यसक्रममा ४४ जनालाई सुगर देखिएकोमा निःशुल्क औषधि समेत प्रदान गरिएको छ ।

मधुमेहका बारेमा जनचेतना अभिवृद्धि गराई सुगर प्रभावितहरुको उपचारलाई सहज बनाउने उद्देश्यले शिविर आयोजना गरिएको क्लवका अध्यक्ष केशवसिंह चौधरीले बताए ।

शिविरमा जनरल फिजिसियन डा. कृष्णचन्द्र गोदार नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको उनले बताए ।

शिविर उद्घाटन गर्दै तिलोत्तमा वडा नं. १६ का वडाध्यक्ष झविलाल भुसालले स्वास्थ्य शिविर सञ्चालनमा ल्याउँदा उपचार मात्र नभै जनचेतना अभिवृद्धिसमेत हुने बताए ।

समाजभित्र उपचारबाट वञ्चित बिरामीले केही हदसम्म भएता पनि उपचार सेवा प्राप्त गर्ने भएकाले सामाजिक संघ–संस्थाले आयोजना गर्ने स्वास्थ्य शिविरमा सहकार्य गर्न क्रिमसन अस्पताल सधै तयार रहने अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले बताए । शिविरमा आएका बिरामीहरु अस्पतालमा थप उपचारका लागि आउँदा तोकिएको सेवा शुल्कमा सहुलियत प्रदान गरिने उनको भनाइ छ ।

शालिकराम भण्डारीको संयोजनमा भएको शिविरमा कमलप्रसाद रेग्मी, डिबी थापा, शिव बस्याल, तारा छन्तेल, विष्णु पराजुलीलगायतको सहभागिता थियो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ