२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशतिलोत्तमामा कुष्ठ रोगी पत्ता लगाउन चर्म रोग शिविर !

तिलोत्तमामा कुष्ठ रोगी पत्ता लगाउन चर्म रोग शिविर !


बुटवल : रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कुष्ठरोगी पत्ता लगाउन निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कुष्ठ रोगी प्रभावित सजिलै स्वास्थ्य संस्थामा नआउने भएकाले सबै प्रकारका छाला रोगीको परीक्षण गर्ने गरी निशुल्क चर्मरोग शिविर आयोजना गरिएको नगरपालिकाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले जानकारी दिए ।

तिलोत्तमा नगरपालिकामा हाल १४ जना कुष्ठरोगबाट प्रभावितले औषधी खाइरहेको स्वास्थ्य शाखाले जनाएको छ । आइतबार टिकुलीगढ़ स्वास्थ्य चौकीमा शिविर आयोजना गरिएकोमा सोमबार सेमरा बजार स्वास्थ्य चौकीमा शिविर सञ्चालन भएको छ । शिविरमा छाला रोग विशेषज्ञ डा. श्यामराज उपाध्याय र डा. विनोद बढईले स्वास्थ्य परीक्षण गरेका छन् ।

शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको सिनियर अहेव अधिकृत गणेश गौतमले बताउनुभयो। नगर उप–प्रमुख जागेश्वरी चौधरीले कुष्टरोगीले पनि अरु रोग सरह भएकोले यसलाई कसैले पनि लुकाउन नहुने बताइन् । समयमैं उपचार गरे कुष्टरोग निको हुनसक्ने भएकाले यो रोगप्रतिको अन्धविश्वास हटाउन उनले सबैलाई आग्रह गरिन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका क्षय–कुष्ट अधिकृत टिकाराम अधिकारीले नदुख्ने, नचिलाउने भएकाले धेरैलाई आफुलाई कुष्टरोग प्रभावित भएको थाहा नहुन सक्ने भएकोले उनीहरुको पहिचानका लागि सबै प्रकारका छाला रोगीका लागि लक्षित गरी शिविर आयोजना गर्नुपर्ने बताए ।

उनले यो रोग लाग्दा रातो तथा हल्का फुस्रो रङ्गको दाग देखिने अनुहारको छाला बाक्लो हुनसक्ने, छालामा गिर्खा देखिने, स्नायुमा असर गर्दा हात खुट्टा छुँदा थाहाँ नहुनुको साथै मांशपेशी पनि कमजोर हुनसक्ने जनाए । नियमित उपचारबाट कुष्ठरोग पूर्णरुपमा निको बताउँदै उहाँले कुष्ठरोगको उपचार स्वास्थ्य संस्थामा निशुल्क हुनसक्ने र यदि समयमै उपचार नगरेमा अपाङ्गता हुन् सक्ने उल्लेख गरेको कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्यक्टेरियम लेप्र नामक सुक्ष्म किटाणुबाट लाग्ने रोग हो । यो रोगले खास गरेर छाला र स्नायुमा असर गर्छ । हात खुट्टा निरन्तर झमझम गर्नु, पोल्नु र निदाएको जस्तो हुनु, अनुहारमा कमिला हिडेको जस्तो हुनु र छालामा रगंहिन दाग द्खिनु तथा दागमा कुनै बस्तुले घोचे पनि अनुभब नहुनु कुष्ठरोगको लक्षण हुन्।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ