गृहपृष्ठ ∕ प्रदेश १ ∕ कालोबजारी गर्न लुकाएको ११ हजार ३ सय ५० थान मास्क विराटनगरबाट बरामद कालोबजारी गर्न लुकाएको ११ हजार ३ सय ५० थान मास्क विराटनगरबाट बरामद हेल्थ आवाज आईतबार, २०७६ चैत्र ९ गते, १७:३९ मा प्रकाशित विराटनगर—विराटनगर–९ घोगापुल छेउबाट बजारमा गर्न लुकाएर राखिएको ठूलो परिणाममा मास्क बरामद भएको छ । विराटनगर महानगरपालिकाको स्वास्थ्य टोली, औषधि व्यवस्थापन विभाग र प्रहरीको टोलीले विराटनगर—९ घोघापुल चोकमा रहेको श्री सर्जी इन्पेस्कबाट आइतबार मास्क बरामद गरेको हो । राजेश अग्रवालको औषधि थोक बिक्री पसलबाट ११ हजार ३ सय ५० थान मास्क र ४ सय थान सेनिटाइजर बरामद भएको हो । कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा मास्क र सेनिटाइजर बरामद भएको विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश क्षेत्रीले जानकारी दिए । औषधि व्यवस्था विभागका निमित्त प्रमुख संजीव शर्मा कट्टेलका अनुसार कोरोना भाइरस संक्रमणविरुद्ध सर्वसाधारणले प्रयोग गर्ने मास्क र सेनिटाइजरलाई अत्यावश्यक वस्तु सरह लिइएको छ । तर, कतिपय औषधि विक्रेताहरुले भने प्रकोपको बेला कालोबजारी गर्दै आएका छन् । कालोबजारी गर्न राखिएको इन्पेस्कका संचालक अग्रवाललाई कालो बजारी ऐनअन्तर्गत कारवाहीको दायरमा ल्याउने औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले जानकारी दिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन? किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् उमेर बढेपनि ओछ्यानमा पिसाब फेर्ने बानी किन हट्दैन?