२०८१ जेठ ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १कोरोना पुष्टि भएका चिकित्सकको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गरिने

कोरोना पुष्टि भएका चिकित्सकको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गरिने


विराटनगर – विराटनगरस्थित विराट नर्सिङ्ग होममा कार्यरत एक चिकित्सकलाई कोरोना संक्रमण देखिएपछि बिहीबार अनिश्चितकालको लागि अस्पतला शिल गरेको छ । अर्को निर्णाय नहुने दिनसम्मको लागि विराट नर्सिङ्ग होम शिल गरिएको विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए ।

कार्कीको अनुसार अस्पताल शिल गरिएको संक्रमित चिकित्सकको सम्पर्कमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ सुरू गरिने जानकारी दिए । ‘कन्ट्याक ट्रेसिङ देखि अस्पताल पूरै सेनिटाइज गरिनुपर्ने हुन्छ, ’ जनस्वास्थ्य महाशाखा प्रमुख कार्कीले भने, ‘अर्को निर्णय नभएसम्म अस्पताल शिल गरिएको हो ।’ कार्कीका अनुसार अस्पताल भर्ना भएका सम्पूर्ण बिरामी र कार्कीको सम्पर्कमा रहेकाहरू पनि स्वाब संकलन गरिने जानकारी दिए ।

अस्पतालका चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको कुरा बाहिरिएमा बिरामी नआउने र अस्पताल नचल्ने तथा बन्द गर्नुपर्ने स्थिति हुने भन्दै उनलाई अस्पतालले प्रशासनले डाक्टरको परिचय लुकाएर बुझिएको छ । पछि संक्रमित चिकित्सककै आग्रहमा परिचय खुलाइएको हो।

संक्रमित पुष्टि भएकोे चिकित्सक बिहीबार दिउँसोसम्म होम आइसोलेनसमा रहेको विराटनगर महानगरपालिकाले जनाएको छ । दिउँसोसम्म होम आइसोलेसनमा रहेकोले कोभिड अस्पताल लैजाने तयारी गरिएको महानगरको जनस्वास्थ्य प्रमुख रमेश काकीले जानकारी दिए । ‘अस्पताल शिल गरेपछि अब महानगर र सामाजिक विकास मन्त्रालयको टोली संक्रमितको घरमा जानेछौं, ’ कार्कीले भने, ‘अवस्था हेरेपछि सावधानी अपनाएर कोभिड अस्पताल लैजाने छौं ।’

अहिले नयाँ आएको निर्देशिकाले लक्षण नदेखिएका संक्रमितलाई घरमा उपयुक्त आइसोलेसन भए सोही ठाउँमा पनि राख्न सकिने उल्लेख भएकोले अवस्था हेरेर अगाडी बढने जनस्वास्थ्य प्रमुख कार्की बताउँछन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ