२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विश्व छारेरोग दिवसमा न्यूरोले निकाल्यो ¥याली [फोटो फिचर]

विश्व छारेरोग दिवसमा न्यूरोले निकाल्यो ¥याली [फोटो फिचर]


विराटनगर – विश्व छारेरोग दिवसको अवसर पारेर विराटनगरस्थित न्यूरो हस्पिटलले वृहत ¥याली निकालेको छ । शुक्रबार विहान हस्पिटल परिसरदेखि  ¥याली निकालेको हो ।

हस्पिटलका स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीहरूको सहितको उपस्थितमा निकालेको ¥यालीले विराटनगर महानगरपालिका परिक्रम गरेको छ । ¥यालीमा सहभागिहरूले सचेतनामुलक प्लेकार्डहरु बोकेका थिए । उनीहरूले ¥यालीमा ‘छारे रोग सरुवा रोग होइन्, यसको उपचार गरे ठिक हुन्छ’, ‘छारे रोग देवी देउता रिसाएर वा जंगली लागेर हुने होइन्’, समयमै उपचार गरौं, छारे रोगबाट मुक्त हौं,’ लगायतका प्लेकार्ड  बोर्डको ¥यालीमा सहभागि भएका थिए ।

¥याली पछि न्यूरो हस्पिटलले आयोजना गरेको कलेजस्तरीय निबन्ध प्रतियोगितामा बिजेता हुनेहरूलाई पुरस्कार वितरण गरेको छ । उक्त प्रतियोगिताको प्रथम विराटनगरस्थित मेरिल्याण्ड कलेजका आर्दश घतानी, द्धितीय आर्दश कलेजका स्वलोक कोइरला र तृतीय भानु कलेजका कृतिका झा भइन् । प्रथम, द्धितीय र तृतीय हुनेले क्रमशः पाँच, तीन र दुई हजार प्राप्त गरेका थिए ।

बिजेता हुनेहरूलाई न्यूरो अस्पतालका वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. रंन्जन थापा, अपरेशनल डाइरेक्टर राजेश भट्टराई, कार्यकारी निर्देशक अनिषा विष्टले पुरस्कार वितरण गरेका थिए  ।सोही अवसरमा शुक्रबार अस्पताल आउने विरामीको पनि निःशुल्क स्वास्थ्य उपचार हुने अस्पतालले जनाएको छ । अस्पताल आएका विरामीहरूलाई छारेरोगको विषयमा स्वास्थ्य परामर्श र ल्याबमा विरामीलाई २५ प्रतिशत छुट दिइने भएको छ ।

अस्पतालले छारेरोगका विरामीको उपचार  गरेकालाई एक महिनाको औषधी निःशुल्क वितरण गरिने पनि अस्पतालले  जनाएको छ । अस्पतालले बिहीबार क्षारेरोग विशेषयमा सचेतनामुलक कार्यक्रम पनि आयोजना गरेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ