गृहपृष्ठ ∕ प्रदेश १ ∕ विराटनगरमा निःशुल्क डायलाइसिस सेवा विराटनगरमा निःशुल्क डायलाइसिस सेवा अनिल श्रेष्ठ मंगलबार, २०७८ असार २२ गते, १९:२३ मा प्रकाशित विराटनगर – विराटनगरमा निःशूल्क डायलाइसिस सेवा सञ्चालनमा आउने भएको छ । भदौ पहिलो सातादेखि लायन्स क्लब अफ विराटनगर मोरङ र हेल्थ प्रोफेसनलले संयुक्त रुपमा सो सेवा सञ्चालनमा ल्याउने भएको हो । सेवा सञ्चालनका निम्त्ति सोमबार विराटनगर–२ स्थित मोरङ सहकारी अस्पतालको नवनिर्मित भवनमा हेमो डायलिसिस सेन्टरको उद्घाटन गरिएको छ । लायन्स क्लबका तत्कालिन गर्भनर टंक श्रेष्ठ र ग्लोबल एक्सन टीमका संयोजक खगेन्द्र सिटौलाले संयुक्त रुपमा हेमो डायलाइसिस सेन्टरको उद्घाटन गरे । निःशूल्क सेवा सञ्चालनका निम्त्ति लायन्स क्लब अफ विराटनगर मोरङ र हेल्थ प्रोफेसनल तथा अन्तर्राष्ट्रिय लायन्सले संयुक्त रुपमा १ करोड ६५ लाख मुल्यको ७ वटा डायलिसिस मेसिन खरिद गरेको लायन्स मोरङ हेमो डायलिसिस सेन्टरका प्रोजेक्ट म्यानेजर विकास अधिकारीले बताए । मेसिन खरिदका लागि अन्तर्राष्ट्रिय लायन्सले १ करोड १५ लाख सहयोग गरेको उनले जानकारी दिए । सेवा सञ्चालनमा आएपछि भने दैनिक २१ जनाको निःशूल्क डायलाइसिस हुने लायन्स क्लबले जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु कोशीमा एचआईभी संक्रमितको उपचार र व्यवस्थापन चुनौतीपूर्ण कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… आयात प्रतिस्थानमा भूमिका खेलेको एलेक्सा लाइफ साइन्सेस सम्मानित, मूल्य समायोजन… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ५ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ६ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री Child Mental Health: Recognition, Rationed वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने नागरिकको चर्को दबाबपछि स्वास्थ्य र शिक्षामा लगाइएको करबाट पछि हट्यो सरकार सबै चिकित्सा प्रणालीलाई एकीकृत गर्दै सशक्त परिषद् स्थापना किन अपरिहार्य? बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री Child Mental Health: Recognition, Rationed