२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मनोचिकित्सकको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरू

मनोचिकित्सकको राष्ट्रिय सम्मेलन विराटनगरमा सुरू

१५ देशका २ सय चिकित्सकको सहभागिता


विराटनगर – नेपाल मनोचिकित्सक संघको आठौं राष्ट्रिय सम्मेलन विराटनगरमा सुरु भएको छ । विराट शिक्षण अस्पतालको भवनमा बुधबारदेखि मनोकित्सकहरुको ८ औं राष्ट्रिय सम्मेलन सुरु भएको हो ।

उक्त सम्मेलन कार्तिक ११देखि १३ गतेसम्म संचालन हुनेछ । तीन दिनसम्म संचालन हुने सम्मेलनको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले गरे ।

राष्ट्रिय सम्मेलन नेपालसहित १५ देशका २ सय बढी देशका मनोचिकित्सक र प्रतिनिधीहरुको सहभागि रहेको आयोजक समिति अध्यक्ष प्राडा. नवराज कोइरालाले जानकारी दए ।

‘भारत, बंगलादेश, श्रीलंका, बेलायत, अमेरिका, ताइवान, हङकङलगायतका १५ वटा देशका प्रतिनिधिको सम्मेलनमा सहभागिता रहेका छन्,’ उनले भने, ‘सम्मेलनमा ३२ वटा कार्यपत्र, ४ वटा वर्कशप, अन्तर्राष्ट्रियस्तरका ख्याति प्राप्त विज्ञहरुको ७ जनाको प्रस्तुती हुनेछ ।’

सम्मेलनको मूल विषय ‘मानसिक स्वास्थ्यमा बहुपक्षीय साझेदारी : चुनौती र अवसरहरु’ रहेको कोइरालाले बताए । सम्मेलनमा मानसिक स्वास्थ्य र पत्रकारिता, मानसिक स्वास्थ्य र कानुन, साहित्य र मानसिक स्वास्थ्यको बारेमा अन्तरक्रिया गोष्ठीसमेत आयोजना गरिने उनले सुनाए ।

नेपाल मनोचिकित्सक संघको स्थापना वि.सं. २०४७ सालमा भएको हो । नेपालमा कार्यरत मानसिक रोग विशेषज्ञहरुद्वारा मानसिक रोगका विरामीहरुको आधुनिक, प्रभावकारी र सर्वसुलभ पहुँचका साथै संस्थाका सदस्यहरुको व्यवसायिक र विशेषज्ञ ज्ञान, सीपका अभिबृद्धि, प्रवद्र्धन, सुरक्षण, सेवा सुविधा, हकहितका, संरक्षणको उद्देश्यले स्थापना भएको अध्यक्ष कोराइरालाले जानकारी दिए ।

संघले आफ्नो स्थापना कालदेखि नै संघका सदस्यहरुको ज्ञान र सीप प्रवद्र्धन संरक्षण र अभिमुखीकरण गर्ने साथै उच्चतम आधुनिक वैज्ञानिक ज्ञान र सिप आर्जन गरी मानसिक रोगीहरुको प्रभावकारी छिटो, छरितो, सर्वसुलभ उपचार सेवा प्रदानमा लागि परेको उनले बताए ।

‘राष्ट्रिय र अन्तराष्ट्रिय जगतमा महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को समयमा मानसिक स्वास्थ्य सेवाको आवश्यकता सबैका लागि टडकारो रुपमै देखा परिरहेको छ ।

महामारीका समयमा मानसिक रोगको प्रकोप बढ्ने मात्रै हैन मौजुद रहेको मानसिक रोगका कारणले बिरामीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न गएको तथ्य सर्वव्यापी रुपमा सबैका सामु स्पष्ट रुपमा देखा परिरहेको  अध्यक्ष कोइरालाले बताए ।

‘तथ्य र आवश्यकतालाई ध्यानमा  राखेर नेपाल मनोचिकित्सक संघले आफ्ना सदस्यहरु तथा देश विदेशका ख्याती प्राप्त मानसिक रोग विशेषयज्ञहरुको सहभागितामा आधुनिक वैज्ञानिक ज्ञान, सीप र चिकित्सकीय व्यवहारको संरक्षण, प्रवद्र्धन, सुरक्षण गर्दै अधिकतम प्रभावकारी सेवा जनता समक्ष प्रदान गर्ने हेतुले देश तथा विदेशमा छरिएर रहेको मानसिक रोग विशेषज्ञ तथा मानसिक स्वास्थ्यकर्मीहरुको सहभागितामा राष्ट्रिय सम्मेलन सुरू गरिएको हो,’उनले भने ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ