२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १आर्या न्यूरोमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

आर्या न्यूरोमा सात वर्षीय बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया


विराटनगर-विराटनगर – ३ कञ्चनवारीस्थित आर्या न्यूरो हस्पिटलमा सात वर्षीया बालिकाको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको छ । संखुवासभाको सावापोखरी गाउँपालिका—१ लेबराङ घर भएकी सपना जोगीको ब्रेन ट्युमरको सफल शल्यक्रिया भएको हो ।

अस्पतालका कन्सल्ट्यान्ट वरिष्ठ न्युरो सर्जन तथा प्रबन्ध निर्देशक डा. पंकजराज नेपालको टिमले बालिकाको मतिष्कमा रहेको ६ सेन्टिमिटर ट्युमरको सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । उनी हिडडुल र राम्रोसँग बोल्न नसकेर सपना ओछ्यानमा थला परेकी थिइन् ।

साउनको अन्तिमतिर संखुवासभाबाट आमा जानुका जोगीले छोरी सपनालाई लिएर विराटनगरको हस्पिटल आएकी थिइन् । त्यहाँ उपचार नभएपछि आफन्तको सहयोगमा जानुकाले छोरीलाई आर्या न्यूरो हस्पिटलमा १ भदौमा लिएर आइन् । ‘आर्या न्यूरो हस्पिटलको चिकित्सकलाई देखाएपछि डा. पंकजले छोरीलाई सकभर बचाउने प्रयास गर्छु भन्नुभयो । त्यसपछि भदौको पहिलो साता शल्यक्रिया भयो ।
शल्यक्रियापछि अहिले छोरी राम्रोसँग हिडडुल गर्न सक्ने भएकी छिन्,’ आइतबार डिस्चार्ज भएपछि घर जाने तयारीमा रहेकी जानुकाले भनिन्, ‘छोरीले नयाँ जीवन पाएकी छिन् । अरु हस्पिटलले माया मारेर घर पढाएको छोरीले पुनः जन्म पाएकी छिन् ।’ छोरीको उपचारमा खटेर जीवन बचाइदिने चिकित्सकप्रति उनी कृतज्ञ छिन् ।

अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. नेपालले ब्रेन ट्युमरको आठ घण्टा लगाएर सफल उपचार गरेको बताए । ‘बच्चाको मतिष्कमा ठूलो ट्युमर रहेको थियो । जसले पानी बल्क पनि गरेको थियो । जसले गर्दा आँखा नदेख्ने, चक्कर लाग्ने, हिडडुल गर्न नसक्ने खालको लक्ष्ण देखा परेको थियो । ट्युमरले ब्रेनलाई थिचेको कारणले यस्तो समस्या भएको थियो ,’ उनले भने, ‘शल्यक्रिया गरेपछि ६ सेन्टिमिटर ठूलो ट्युमर निकालेका छौं । अहिले बच्चाको स्वास्थ्य अवस्था सुधार भएकाले डिस्चार्ज दिएका छौं ।’

आर्थिक अवस्था नाजुक रहेको जोगी परिवारले उपचारपछि भएको खर्च पूर्ण रुपले भुक्तानी गर्न नसकेर पिर मानिरहेको अवस्थामा हस्पिटलले सामाजिक उत्तरदायित्वअन्तर्गत विशेष सहुलियत दिएर बच्चालाई घर पठाएको अस्पतालका निर्देशक दिनेश ठाकुरले बताए । स्थापनाको छोटो समयमा आर्या न्युरो अस्पतालले दर्जन बढी जटिल प्रकृतिका बिरामीको सफल उपचार गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ