२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विपी प्रतिष्ठान र महेन्द्र बहुमुखी क्याम्पसबीच स्वास्थोपचार सेवा उपलब्ध गराउने समझदारी

विपी प्रतिष्ठान र महेन्द्र बहुमुखी क्याम्पसबीच स्वास्थोपचार सेवा उपलब्ध गराउने समझदारी


धरान—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालयअन्तर्गतको महेन्द्र बहुमुखी क्याम्पसबीच विद्यार्थीहरुलाई प्रतिष्ठानको अस्पतालमा स्वास्थ्य सेवा उपलब्ध गराउने समझदारी भएको छ । ३१ असोजमा प्रतिष्ठानको अस्पतालका निर्देशक डा. जगत नारायण र महेन्द्र बहुमुखी क्याम्पसका प्रमुख दामोदर भण्डारीले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सहमतिबाट क्याम्पसमा अध्ययनरत करिब पाँच हजार विद्यार्थीहरु लाभान्वित हुनेछन् । उक्त समझदारीपछि विद्यार्थीहरुको उपचारको सम्बन्धमा प्रत्येक शैक्षिक वर्ष प्रति विद्यार्थी वार्षिक अधिकतम एक लाख रुपैयाँ मात्रको सीमा लागु हुनेछ ।

अस्पतालले विद्यार्थीको स्वास्थ्योपचार गर्दा लागेको खर्चमध्ये विश्वविद्यालय स्वास्थ्योपचार कोषले तोकेको १० प्रतिशत रकम हरेक बिलअनुसार सम्बन्धित विद्यार्थीबाट असुल गरी बाँकी रकम मात्र बिल प्राप्त भएको मितिले १५ दिन भित्रमा महेन्द्र बहुमुखी क्याम्पस धरानमार्फत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट भुक्तानी पाउनेछ । विद्यार्थी स्वास्थ्य उपचारको सम्झौता बमोजिम भुक्तानी दिनुपर्ने रकम प्रतिष्ठानको बैंक खातामा जम्मा गरी प्रतिष्ठानलाई जानकारी गराउनुपर्नेछ । यो समझदारी १ मंसिर २०७९ बाट एक वर्षसम्म लागु हुनेछ ।

समझदारी हस्ताक्षर कार्यक्रममा विपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा.सूर्य प्रसाद संग्रौला र त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा.पेशल दाहाल, महेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक गोपीकृष्ण खतिवडा, शाखा अधिकृतद्वय नवीन्द्रराज भण्डारी, फणिन्द्र प्रसाद निरौला, विद्यार्थी कल्याण प्रमुख लक्ष्मीकृष्ण श्रेष्ठ तथा प्रतिष्ठानका सुपरभाइजर अशोककुमार साहको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ