२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डेंगुबाट प्रदेश १ का वनमन्त्री थापाको निधन

डेंगुबाट प्रदेश १ का वनमन्त्री थापाको निधन


विराटनगर—प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री तथा मोरङ क्षेत्र नं. ३ (१) का उम्मेदवार ५६ वर्षीय शेखरचन्द्र थापाको निधन भएको छ । केही दिनअघि डेंगुबाट संक्रमित भएका मन्त्री थापाको बुधबार बिहान निधन भएको हो ।

विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए ।

थापा उम्मेदवारी दर्ताको भोलिपल्ट २४ असोजमा काठमाडौंको ह्याम्स अस्पताल भर्ना भएका थिए । अस्पताल भर्ना भएपछि उनले चुनाव प्रचार—प्रसारका क्रममा घरदैलो कार्यक्रममा सहभागी हुन नसकेको भन्दै क्षमा माग्दै सामाजिक सञ्जालमा लेखेका थिए ।

उनलाई मंगलबार ह्याम्सबाट विराटनगरस्थित नोबेल अस्पताल सारिएको थियो । मंगलबार परीक्षणका क्रममा थापालाई निमोनियासमेत देखिएको थियो ।

पथरी शनिश्चरे–८ स्थायी घर भएका थापा यसअघि लामो समय तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका स्वकीय सचिवको भूमिकामा थिए । उनका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ