२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराट हस्पिटलको डाइग्नोष्टिक ल्याबको संकलन केन्द्र इनरुवामा

विराट हस्पिटलको डाइग्नोष्टिक ल्याबको संकलन केन्द्र इनरुवामा


विराटनगर—विराटनगरस्थित विराट नर्सिङ होम (विराटनगर अस्पताल) भित्र रहेको विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याब प्रालिले सुनसरीको इनरुवामा पनि नमुना संकलन केन्द्र स्थापना गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरी इनरुवा—१ हस्पिटल गेटनजिक रहेको साएमा पोलिक्लिनिकमा ल्याबको लागि संकलन केन्द्र स्थापना गरी संचालनमा ल्याएको हो ।

स्थानीयस्तरमा संकलन केन्द्र स्थापना भएपछि अब इनरुवाका बिरामीले रगतबाट हुने परीक्षणको लागि विराट नर्सिङ होमको ल्याबमा आइराख्नुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ । बिरामीलाई स्थानीयस्तरमा ल्याब सेवा प्रदान गर्ने उद्देश्यले इनरुवामा पनि विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याबको लागि संकलन केन्द्र स्थापना गरेको प्रशासन प्रमुख अमित कुसवाहले जानकारी दिए ।

‘संकलन केन्द्र स्थापना कार्य विराटनगरबाट सुरु भएको छ,’ उनले भने, ‘बिरामीको सहजताको लागि हामीले प्रदेश १ का अन्य सहरहरूमा पनि संकलन केन्द्र सञ्चालन गर्ने तयारीमा जुटेका छौं ।’

विराटले आइतबार विराटनगर १५ भट्टिमोडस्थित जनता पोलिक्लिनिकमा ल्याब परीक्षणको लागि रगत संलन केन्द्र स्थापना गरेको थियो । ‘विराट इन्टरनेशनल डाइग्नोष्टिक ल्याबले आधिकारिक रूपमा संकलन केन्द्रहरू स्थापना गर्दछ । स्थापना गरेको केन्द्रहरूमा बिरामीले रगत दिएपछि त्यो स्याम्पल विराटमा आइपुग्छ । यहाँ परीक्षण गरेपछि रिपोर्ट सङ्कलन केन्द्रमा पनि जान्छ,’ उनले भने, ‘बिरामीको सहजताको लागि हामीले रिपोर्ट वाट्सएप र अनलाइनमार्फत दिने गरेका छौं ।’

संकलन केन्द्रसम्म आउन नसक्ने बिरामीको लागि स्वास्थ्यकर्मी परिचालन गरेर घरमा पुगेर पनि स्याम्पल संकलन गर्ने उनले बताए । सञ्चालनमा आएको अवसरमा विराटले स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट र जनरल परीक्षणमा ४० प्रतिशत छुट दिने गरेको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ