२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १स्वास्थ्य क्षेत्रमा फर्मासिस्टको भूमिका महत्वपूर्ण

स्वास्थ्य क्षेत्रमा फर्मासिस्टको भूमिका महत्वपूर्ण


विराटनगर- बिरामी भएर अप्ठ्यारो अवस्थामा आएका नागरिकलाई सेवा दिने फर्मासिस्टहरूको स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको सरोकारवालाहरुले बताएका छन् ।

नेपाल फर्मास्युटिकल एसोसिएन (एनपीए) कोशी प्रदेशले विराटनगरमा सोमबार विश्व फर्मासिस्ट दिवसको अवसरमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

उनीहरुले जनताको स्वास्थ्य ठिक गर्न सरकारबाट मात्र सम्भव नभई सक्षम जनशक्ति बनाउनतर्फ ध्यान दिनुपर्ने बताए । दक्ष जनशक्ति बनाउनका लागि तालिम दिनुपर्ने बताउँदै डाक्टर, फर्मासिस्ट नर्सिङ ल्याब र रेडियोग्राफी सबै मिलेर रोगविरुद्ध लड्न एक हुनुपर्ने उनीहरुले बताए ।

कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य मन्त्रालय कोशी प्रदेशकी सचिब डा. सुधा देवकोटाले सहि औषधि, सहि व्यक्तिलाई दिई नागरिकलाई सेवाबाट नगराउन आग्रह गरिन् । औषधी उत्पादनदेखि बिरामीलाई दिनेसम्म फर्मासिस्टको भूमिका महत्पूर्ण हुने गरेको उनले बताइन् ।

औषधि व्यवसायी संघ कोशी प्रदेशका अध्यक्ष कुमार खतिवडाले फार्मेसीप्रतिको आकर्षण बढ्दै जानु सकारात्मक भए पनि केही गलत व्यक्तिका कारण औषधि व्यवसाय क्षेत्र नै बद्नाम भएको समाचार आइरहेको भन्दै प्रदेशमा यस्तो हुन अवस्था आउने वातावरण नबनाउन आग्रह गरे । गलत व्यक्तिको प्रवेशलाई व्यवस्थित गरी व्यवसायी र नागरिकप्रतिको विश्वास बढाउनुपर्नेमा उनले जोड दिए । उनले लाईसेन्स भाडामा लगाएर व्यवसाय सञ्चालन गर्ने जो कोहिलाई औषधि व्यवस्था विभागले कारबाही गर्न सक्नुपर्ने बताए । ‘औषधि व्यवसाय डाक्टर डोमीनेटेड रहेको छ,’ उनले भने, ‘डाक्टरले ब्रान्डमा ध्यान दिने गरेकाले समस्या हुने गरेको छ, यसलाई औषधि व्यवस्था विभागले नियमन गर्नु जरुरी छ ।’

नर्सिङ संघका सचिव तथा नर्सिङ क्याम्पस विराटनगरका प्रमुख मेनुका भण्डारीले व्यवसायिक रुपमा संस्थाहरू आफ्नो हक–हितका लागि नलाग्दासम्म कुनै पनि संस्थाको संस्थागत विकास हुन नसक्ने बताइन् ।

एलाइट फर्मासिटिकलका संचालक सुवर्ण भक्त जोशिले भारतबाट फर्मासिस्टको जनशक्ति ल्याउनुपर्ने अवस्थाको अन्त्य गरेर स्वदेशमा उत्पादनमा राज्य लाग्नुपर्ने बताए । ‘केही समय अगाडी औषधी ९५ प्रतिशत भरातबाट आयत हुने गरेको थियो । अहिले त्यो अवस्था छैन्,’ उनले भने, ‘५५ प्रतिशत स्वदेशि उद्योग बाट औषधीको उत्पादन हुने गरेको छ ।’ यसरी उत्पादन भएको औषधीको गुणस्तर बनाउने जिम्मेवारी फर्मास्सिटको काँधमा रहेको उनले बताए ।

निजी हस्पिटल एसोसिएसनका (अफिम) कोशी प्रदेशका अध्यक्ष डाक्टर शंकर अधिकारी विरामीलाई सचेत बनाउन पनि फार्मासिस्टको भूमिका महत्वपूर्ण हुने गरेको बताए । नेपाल औषधी व्यवसायी संघका केन्द्रीय सदस्यीय प्रदिप कुमार दास, मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, नेपाल जनस्वास्थ्य संघ कोशी प्रदेशका सचिब सुर्यनारयण चौधरी, नेपाल चिकित्सक संघ कोशी प्रदेशका महासचिब डा. राजेन्द्र चौधरी, नेपाल औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रालगायतले स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पूर्ण एकजुट भएर आफ्नो हकअधिकारमा लडनुपर्ने बताए ।

सोही अवसरमा चार जनालाई सम्मान गरिएको छ । सरकारि सेवाबाट अवकास प्राप्त भएका स्वास्थ्य क्षेत्रका गणेश तामाङ, दुर्गाराज भण्डारी, धिरन्नद झा र सुककर्ण चौधरीलाई कदर पत्र र र दोसल्ला ओढाएर सम्मान गरिएको हो ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ