२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मनमोहन प्राविधिक विश्वविद्यालयः अस्पताल स्थापना गर्नेदेखि स्नातकोत्तरमा थप कार्यक्रम सञ्चालन गर्ने

मनमोहन प्राविधिक विश्वविद्यालयः अस्पताल स्थापना गर्नेदेखि स्नातकोत्तरमा थप कार्यक्रम सञ्चालन गर्ने


विराटनगर—मनमोहन प्राविधिक विश्वविद्यालय आफनै अस्पताल स्थापना गर्ने तयारी अगाडि बढाएको छ । बिहिबार मोरङको बुढीगंगा गाउँपालिकामा रहेको मनमोहनको तेस्रो साधारणसभाले विभिन्न उच्च शिक्षाका थप कक्षा सञ्चालन गर्र्ने गरी आगमी आर्थिक वर्ष कोष निर्माण गर्नेसमेत निर्णय गरेको हो ।

कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्य र विश्वविद्यालयका बोर्ड अफ गर्भनर अध्यक्ष ईश्वर पोखरेलको विशेष उपस्थितीमा विराटनगरमा मनमोहनले विभिन्न महत्वपूर्ण प्रस्ता वपारित गर्दै आफनो तेस्रो पषिद सभा सम्पन्न गरेको छ ।

सभाले हेल्थ केयर एण्ड हस्पिटल म्यानेजमेन्टतर्फ स्नातकोत्तरको कोर्ष सञ्चालन गर्ने, बायोमेडिकलतर्फ स्नातक तहको पाठयक्रम निर्माण गरेर पठनपाठन सुरु गराउने, प्राकृतिक चिकित्सा सम्बन्धि स्नातक तहको पाठनपाठन सुरु गराउने, स्नातकोत्तर तहअन्तर्गत स्ट्रक्चरल इन्जिनियरिङ कोर्ष सञ्चालन गर्र्र्नेबारे स्वीकृती प्रदान गरेको रजिष्ट्रार डा. दिलनाथ फुँयालले बताए ।

उनकाअनुसार सभाले स्नातक तहको सूचना प्रविधी कोर्ष निर्माण गरी पठनपाठन गराउन र विदेशी विज्ञहरुलाई बोलाएर पठनपाठन गराउनका लागि विश्वविद्यालयबाट स्वीकृती प्रदान गरेको छ । यसैगरी, सभाले आर्थिक वर्ष २०८०÷०८१ को बजेट पनि सर्वसम्मतले पारित गरेको छ ।
विश्वविद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरुको सेवाका शर्त र सुविधा सम्बन्धि नियमावली पारित गर्नुका साथै स्वास्थ्य संकायतर्फ अध्यन गर्ने विद्यार्थीहरुका लागि चिकित्सा आयोगको नीतिअनुसार ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउन प्रदेश सरकारलाई सिफारिस गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

यसैगरी, विश्वविद्यालयले आफनै आर्थिक कोष बनाउने अनुमति पनि सभाबाट प्राप्त गरेको छ । आफनै अस्पताल नहुँदा मनमोहनले अझै स्वास्थ्यतर्फका कक्षाहरु सञ्चालन गर्न नसकेकालेले आफ्नै अस्पताल उपलब्ध गराउन प्रदेश सरकारसँग सभाले माग पनि गरेको छ ।

वि.सं. २०७६ सालमा कोशी प्रदेश सरकारले प्रदेशसभाबाट कानुन बनाएर २०७८ देखि पठनपाठन सुरु गरको मनमोहन प्राविधिक विश्वविद्यालयमा हाल इन्जिनियरिङ, मेडिकल एण्ड एलाइड एण्ड हेल्थ साइन्स र साइन्स एण्ड टेक्नोलोजीलगायत ३ वटा स्कुल स्थापना भएका छन् । जसमध्ये हासम्म इन्जिनियरिङतर्फ सिभिल र इलेक्ट्रिोनिक्स एण्ड इलेक्ट्रिोनिक्स र मेडिकलतर्फ बीफार्मेसीको कक्षा सञ्चालन भैसकेका छन् । चालु शैक्षिक सत्रदेखि नै नेचुरोप्याथी, पब्लिक हेल्थ र हस्पिटल म्यानेजमेन्ट सम्बन्धि स्नातक तहका कक्षा पनि सञ्चालन भैरहेको छ ।

संघीयताप्रति संघीय सोच नै बाधक : उपकुलपति कार्की

सभालाई सम्बोधन गर्दै मनमोहन विश्वविद्यालयका कुलपति तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लामो अध्ययन र छलफलपछि देशकै पहिलो प्राविधिक विश्वविद्यालय स्थापना गर्न सफल भएको र हालसम्मको प्रगति सन्तोषजनक रहेको बताए । उनले सिमित बजेट भएपनि मितव्ययीता अपनाएर विश्वविद्यालय सञ्चालन गर्न प्रदेश सरकार सफल भैरहेको र भविष्यमा अझै प्रभावकारी ढंगले सञ्चालन गर्न प्रतिबद्धता जनाए । उनले मनमोहन प्रदेशको मात्र नभएर देशकै गौरव भएकोले यसले आफनो रणनीतिअनुसार अन्तर्राष्ट्रिय तहमा ख्याति प्राप्त गर्न सफल हुने विश्वास व्यक्त्त गरे ।

यसैगरी, विश्वविद्यालय बोर्ड अफ गर्भनरका अध्यक्ष ईश्वर पोखरेलले स्वर्गीय लोकप्रिय प्रधानमन्त्री मनमोहन अधिकारीको शिक्षाको सपना पूरा गर्न ११ वर्षअघि स्थापना भएको मनमोहन स्मृति शिक्षालय हाल विश्वविद्यालयमा स्तरोन्नती भएकोमा आफूलाई गर्व लागेको बताए । उनले प्राविधिक शिक्षालाई गुणस्तरीय बनाउन पूर्वाधार निर्माण र आर्थिक आत्मनिर्भरतातर्फ विश्वविद्यालयले चासो दिनुपर्नेमा जोड दिए ।

उपकुलपति डा. सुवाषश्री पोखरेलले मनमोहन विश्वविद्यालयले विद्यार्थीलाई आफै कमाएर पढने अवसर सिर्जना गराउनका लागि ‘अर्न टु लर्न’ र पढिरहेका विद्यार्थीहरुले तल्लो तहका बिद्यार्थीलाई पढाउने अवसर सिर्जना गर्न ‘ईचवान टिचवान’कार्यक्रम सुरु गरेको जानकारी गराए ।

यसैगरी, हाल भौतिक सामग्रीको गुणस्तर परीक्षण गर्दै आएको मनमोहनको इन्जिनियरिङ प्रयोगशालाझै खाद्यतर्फ पानी परीक्षण गर्ने मेघा ल्याव पनि सुरु गर्न लागेको जानकारी गराए ।

उपकुलपति पोखरेलकाअनुसार वि.सं. २०७६ मा स्थापना भएर वि.सं. २०७८ देखि पठनपाठन सञ्चालन गर्न थालेको मनमोहनले १० वर्षभित्र तीन वटा स्कुलअन्तर्गत विभिन्न २७ वटा विषयमा स्नातकदेखि विद्यावरिधीसम्मको पठनपाठन गराउने १० वर्षे योजना बनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ