२०८३ भदौ १८, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग

बाढी पीडितका लागि न्यूरो अस्पतालद्वारा २१ लाख रुपैयाँ सहयोग


विराटनगर—भोटेकोशीमा १० भदौंमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टिस्पेसियलिटी अस्पतालले २१ लाख १११ रुपैयाँ सहयोग गरेको छ ।

अस्पतालले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो । अस्पतालका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिस्ट डा. वीरेन्द्रकुमार विष्टले मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई भेटेर सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अस्पतालले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग जारी राख्ने जनाएको छ ।

विपद्को कठिन घडीमा बाढी पीडितको सहयोगका लागि एकजुट भएर सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिबद्धता अस्पताल परिवारले व्यक्त गरेको छ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ